Sunday, July 23, 2017

पूर्ण सरसफाइ मार्गदर्शन २०७३ : खुला दिसामुक्त क्षेत्रपछि पूर्ण सरसफाइ घोषणा नगरे पनि हुने


काठमाडौ २० वैशाख । खुला दिसामुक्त घोषणा भइसकेका गाउँपालिका तथा नगरपालिकालाई पूर्ण सरसफाइ घोषणा गर्न अनिवार्य नहुने व्यवस्था सहित पूर्ण सरसफाइ मार्गदर्शन २०७३ कार्यान्वयनमा आएको छ । पूर्ण सरसफाइ मार्गदर्शनको औचित्य, लक्ष्य र उद्देश्य, पूर्ण सरसफाइका क्रियाकलाप तथा पूर्ण सरसफाइका सूचक जस्ता विषयलाई समेटेर राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले मार्गदर्शन जारी गरेको हो ।

समितिले सरसफाई गुरुयोजना २०६८ र वातावरणमैत्री स्थानीय सुशासन ढाँचा २०७० लाई मुख्य आधार मानेर पूर्ण सरसफाइ मार्गदर्शन २०७३ तयार पारेको हो । मार्गदर्शन तयार पार्दा क्षेत्र तथा जिल्ला तहका सरोकारवालाहरुको पृष्ठपोषण, राष्ट्रिय कार्यशालाको सुझाव र घोषणा पत्र, दिगो विकास लक्ष्य, स्थानीय निकायको नेतृत्व, मानव मलमुत्रीय फोहोरको व्यवस्थापन, ठोस तथा तरल फोहोरमैलाको प्रशोधन गरी पुनः प्रयोग वा तोकिएको मापदण्ड अनुसार विसर्जन गर्नुपर्ने अपरिहार्यता र विज्ञहरुको राय सुझावलाई समेत ध्यान दिइएको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एवं वातावरणीय सरसफाइ शाखाका प्रमुख प्रेमकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।


(FOR MORE...)

No comments:

Post a Comment

You can add your voices here....