Sunday, November 11, 2018

दिल्लीको वायु प्रदूषण मापदण्डभन्दा २० गुणा बढी

नयाँदिल्ली  : भारतको नयाँदिल्लीमा विश्व स्वास्थ्य संगठनले तोकेभन्दा प्रदूषणको स्तर २० गुणा बढेपछि अधिकारीले स्थानीय बासिन्दालाई सकेसम्म केही दिन घरभित्रै रहन र प्रदूषणका स्रोत मानिने गतिविधिलाई कम गर्न सहयोगी भूमिका खेल्न आग्रह गरेका छन् ।

दीपावलीअघि नै शहरमा बाक्लो तुँवालोले ढाकिएपछि यहाँका बासिन्दामा त्रास फैलिएको छ । दीपावली मनाउँदा पटाका पड्काइने भएकाले वायुको गुणस्तर झनै खस्किने ठानिएको भन्दै विज्ञहरूले पूर्वचेतावनी दिएका छन् । प्रदूषण कम गर्न शहरभित्र भइरहेका निमार्णकार्यलाई नियन्त्रण गरिएको छ । सबै विद्यालयहरूमा तीन दिन बिदा दिइएको छ ।

No comments:

Post a Comment

You can add your voices here....