Tuesday, July 31, 2018

मन्त्रीसँग किशोरीको याचना : रजश्वला हुँदा घरमै बस्न पाऊँ

काठमाडौं : ‘अब त अति भो ! महिनावारीका सबै सीमा तोडौं’ भन्ने नाराका साथ नेपालमा पहिलो पटक मनाइएको ‘राष्ट्रिय मर्यादित महिनावारी दिवस’मा विशिष्ट अतिथि चार मन्त्री सामु दैलेखकी किशोरी विमला कार्कीले छाउगोठमा रात बिताउनु पर्दाको वेदना पोखिन् । चार वर्षयता महिनावारी भएका बेला एकान्त गोठमा बस्दै आएकी १६ वर्षीया कार्कीले निवेदन गरिन्, ‘सात दिनसम्म छाउगोठमै बस्नुपर्दा सर्पले डस्छ कि, बाहिरका व्यक्ति आएर केही गर्ने हुन् कि भन्ने डर लागिरहन्छ ।’

युनिसेफले दुई वर्षअघि १५ हजार महिलामा गरेको अध्ययनमा नेपालमा ७१ प्रतिशत महिला तथा किशोरी महिनावारीको समयमा घरबाहिर बस्ने गरेको पाइएको छ । स्कुल गएका बेला महिनावारी भयो भने पढाइ बीचैमा छाडेर घर फर्कनुपर्ने बाध्यता छ । उनले सुनाइन, ‘स्कुलमा कुनै सुविधा छैन । घर नफर्की सुखै छैन ।’
विद्यालय छाड्ने मुख्य कारणमा दुखाइ, रगत चुहिने र कपडामा रगतको दाग देखिने डर पाइएको छ ।

[READ MORE...]

No comments:

Post a Comment

You can add your voices here....