Sunday, December 23, 2018

पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गर्न जल कचहरी, १० बुँदे प्रतिबद्धता

कालिकोट : पलाँता गाउँपालिकालाई पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गर्न दोस्रो पटक १० बुँदे प्रतिबद्धता सहित जलकचहरी कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले खानेपानी सरसफाइ र स्वच्छताका क्षेत्रमा रहेका समस्याहरुको खोजी गरी समाधान गर्ने उद्देश्यले बर्षमा दुई पटक जलकचहरी कार्यक्रम गर्दै आएको छ ।

जनप्रतिनिधि, कर्मचारी, खानेपानी सरसफाइ र स्वच्छता क्षेत्रमा कार्यरत संघ संस्था र स्थानीयको सहभागितामा जलकचहरी गरेको हो । पलाँता गाउँपालिकाले २०७४ को चैत्र ४ गते खानेपानी सरसफाइ र स्वच्छता क्षेत्रमा सुधार गर्न ७ बुँदे प्रतिबद्धता जाहेर गरेको थियो ।

के छ त प्रतिबद्धतामा ?
१. खानेपानी तथा सरसफाइ प्रबर्द्धनका सवालमा गाउँपालिकाले कम्तीमा बर्षमा २ पटक जलकचहरी गर्न प्रतिबद्ध छौं ।

२. किर्डाक नेपाल/वाटर एडको सहयोग एवं सहजीकरणमा पलाँता गाउँपालिकाको एकीकृत उत्थानशील खानेपानी सरसफाइ तथा स्वच्छता रणनैतिक योजना २०७५ भित्र निर्माण गरी कार्यान्वयन गर्ने गाउँपालिका प्रतिवद्ध छ ।


No comments:

Post a Comment

You can add your voices here....