Tuesday, July 31, 2018

अस्पतालमै हुँदैन फोहोर व्यवस्थापन

काठमाडौं : स्वास्थ्य सेवा विभागले निजी तथा सरकारी अस्पतालमा गरेको अनुगमनबाट अस्पतालहरूले मेडिकल र अन्य फोहोरको उचित व्यवस्थापन नगरी बेवास्ता गरेको र स्विपरकै भरमा छाडेको खुलेको छ। अस्पतालले अन्य फोहोरभन्दा हानिकारक रसायनजन्य मेडिकल फोहोरको व्यवस्थापन नगर्दा वातावरण प्रदूषित बनिरहेको पाइएको छ। सरकारी तथा निजी अस्पतालले प्रयोग गरेका रसायनयुक्त फोहोर सामान्य फोहोर जस्तै गरी जथाभावी फाल्दा विभिन्न किसिमका संक्रमण र रोग फैलिने गरेको स्वास्थ्य सेवा विभागका वरिष्ठ जनस्वास्थ्य प्रशासक सृजना श्रेष्ठले बताइन्। रसायनजन्य फोहोरको व्यवस्थापन स्विपरको जिम्मामा छाड्नु अस्पतालहरूको ठूलो लापरवाही भएको विभागको निष्कर्ष छ। उनले भनिन्, ‘विभागको अनुगमनमा अधिकांश सरकारी तथा निजी अस्पतालले फोहोर व्यवस्थापन नगरेको पाइएको छ।’

No comments:

Post a Comment

You can add your voices here....