-वीरेन्द्र केसी/ अर्घाखाँची, वैशाख १७ -
गाउँमा पनि एक गाग्री पानीको ३५ रुपैयाँ ? हो, यहाँको गोखुङ्गाका बासिन्दा यसरी नै पानी किनेर खान बाध्य छन् । बस्तीमा पानी संकट परेपछि घन्टाँै समय लगाएर खोलाबाट बोकेर ल्याएको पानी उनीहरूले किन्ने गरेका हुन् ।
गोखुङ्गा बजार, सिमेदेउराली, लामपाटा पस्लेङ, माथिल्लो गाउँलगायत गाउँका करिब ७ सय घरपरिवारले वषर्ांैदेखि पानीको समस्या झेल्दै आएका छन् । पानीको मुहानभन्दा अग्लो डाँडामा बस्ती भएकाले सीधै पानी लैजान नसक्ने हुँदा गाउँले दैनिक पानी किनेर खान बाध्य भएका हुन् । उक्त गाउँबाट काउले खोेला मुहानबाट पानी लैजान करिब चार घन्टा गर्छ ।
'चार घन्टा उकालोमा पानी बोकेर खान सकिंदैन, त्यसैले घरसम्म ल्याएको एक गाग्रीलाई ३५ रुपैयाँमा किनेर खाने गरेकी छु', सिमेदेउरालीकी हरिकला घिमिरेले भनिन्, 'कात्तिकदेखि जेठसम्म दैनिक पानी किनेर खानुपर्छ ।' परिवारका लागि दिनमा तीन गाग्री पानी आवश्यक पर्ने भएपनि बाध्यताले एक गाग्रीले गुजार्नु परेको उनको भनाइ छ । 'पानीकै कारण जेल जस्तै जीवन भयो', अर्की स्थानीय बासिन्दा सीता खनालले भनिन्, 'बिहान चार बजे उठेर नजाने हो पानी पाइँदैन ।' गाउँलेले पानी ओसारेपछि खोला किनारको कुवाको पानी दिउँसो रित्तिने गर्छ ।
'वर्षामा आकाशको पानी घैटोँमा जम्मा गरिन्छ, अड्कलेर खाँदै गरेको घैंटोको पानी सकिँदा साह्रै मन दुख्छ', सीताले भनिन्, 'हिउँदभर पानी बोक्दा पिठ्यँू नै खुइलिन्छ । घरमा एक दुई जना सदस्य भएको बेला आपतै हुने गर्छ ।'

'गाउँमा खानेपानीको संकट छ', गोखुङ्गाका स्थानीय श्याम घिमिरेले भने, 'बिहानभरिको समय खर्चेर दुई गाग्री पानी बाहेक लिनै सकिंदैन ।' खानेपानी अभावमा गाउँलेले अड्कलेर पानी खाने गरेका छन् । 'हिउँद लागेपछि केही व्यक्तिको पेसा नै बनेको छ खानेपानी बोक्ने', उनले भने । पानी बोक्ने पेसेबरले दिनमा पाँच गाग्री बोक्न सक्छन् । दैनिक एक गाग्री पानी किनेर खाँदा महिनामा हजारभन्दा बढी रकम पानीलाई छुट्टयाउनुपर्ने उनीहरूले बताए ।
स्रोत: कान्तिपुर दैनिक
A nice compilation yet so sad to hear that the country rich in water resources has people paying for water. Indeed the proverb goes "Water, Water evywhere but not a drop to drink
ReplyDeleteyekdam. what to do. we have big resource. however, less quality to manage it. Now days the more ideas are generating.
ReplyDelete