Wednesday, September 19, 2018

सिंगो बस्तीमा १ शौचालय, २ चापाकल

विराटनगर — महानगरका बासिन्दा भएर पनि वडा १६ दरैयाको ऋषिदेव बस्तीमा उज्यालो भुइँमा नखस्दै दिसा गरिसक्नुपर्ने बाध्यता छ । झिसमिसमै लोटी बोकेर झाडीतिर दौडने यहाँका ४५ परिवारको दैनिकी हो । त्यसका अलवा पिउने पानीका लागि चापाकलमा समेत लाइनमा बस्नुपर्छ । उनीहरूका लागि बिजुली बत्ती ‘आकासको फल आँखातरी मर’ भने जस्तै छ । 

बस्तीभरि एक घरमा मात्र शौचालय छ । उनीहरू बिहान झिसमिसमै नजिकको उखु बारीमा शौचालय गर्न पुग्छन् । स्थानीय सोमीलाल ऋषिदेव भन्छन्, ‘उज्यालो भएपछि बस्तीका सवैलाई शौच गर्न समस्या पर्छ । पुरुषलाई शौचालय नभए पनि खासै समस्या पर्दैन । तर महिलालाई भने धेरै असहज हुन्छ ।’बस्तीमा शौचालय नभएकै चाहिँ होइन । गत वर्षको बाढीले सवै घरका शौचालय बगायो । बाढीपछि एउटा संस्थाले शौचालय बनाइदिने भन्दै प्रत्येक घरबाट दुई हजार उठायो । बस्तीकी अगुवा जालसी ऋषिदेवले भनिन्, ‘त्यो संस्थाले तीनवटा रिङमात्र गाडेर छोड्यो ।’ बस्तीमा बाहिरबाट पुग्ने जोकोहीलाई शौच लागे उनीहरू पनि झाडी पुग्नुको विकल्प छैन । 

No comments:

Post a Comment

You can add your voices here....