Showing posts with label Sindhuli. Show all posts
Showing posts with label Sindhuli. Show all posts

Saturday, September 1, 2018

भाइरलको संक्रमणबाट ३ बालबालिकाको मृत्यु, ५६२ मा स्वासप्रस्वास समस्या

सिन्धुली : पछिल्लो दुई सातादेखि सिन्धुलीका बालबालिकामा मौसमी भाइरलको संक्रमण देखिएको छ। भारइरलका कारण तीन बालिबालिकाको मृत्यु भएको छ। भाइरलका कारण बालबालिकालाई उपचारका लागि सिन्धुली अस्पतालतर्फ ल्याउँदै गर्दा बाटौ मै मृत्यु भएको अस्पतालले जनाएको छ।
बालबालिकालाई एम्बुलेन्समार्फत उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको एम्बुलेन्स चालकले बताएको सिन्धुली अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट सुमित्रा गौतमले बताइन्। मृत्यु हुनेमा कमलाखोंच र मरिण क्षेत्रका बालबालिका भए पनि उनीहरूको पहिचान भने खुल्न सकेको छैन। भाइरल के हो भन्ने अझै यकिन हुन सकेको छैन।

उनीहरूमा भाइरल एन्फ्लुएन्जाको संक्रमण होकी भन्ने आशंका गरिए पनि प्रमाणित नभएको उनको भनाइ छ। ‘पछिल्लो दुई सातायता पाँच सय ६२ बालबालिकामा स्वासप्रस्वाससम्बन्धी भाइरल संक्रमण देखिएको छ,’ उनले भनिन्। यसबाहेक समयमा उपचारका लागि अस्पताल नल्याइएका तीनको मृत्यु भएको पाइएको हो।