Showing posts with label Total Sanitation. Show all posts
Showing posts with label Total Sanitation. Show all posts

Sunday, December 23, 2018

पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गर्न जल कचहरी, १० बुँदे प्रतिबद्धता

कालिकोट : पलाँता गाउँपालिकालाई पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गर्न दोस्रो पटक १० बुँदे प्रतिबद्धता सहित जलकचहरी कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले खानेपानी सरसफाइ र स्वच्छताका क्षेत्रमा रहेका समस्याहरुको खोजी गरी समाधान गर्ने उद्देश्यले बर्षमा दुई पटक जलकचहरी कार्यक्रम गर्दै आएको छ ।

जनप्रतिनिधि, कर्मचारी, खानेपानी सरसफाइ र स्वच्छता क्षेत्रमा कार्यरत संघ संस्था र स्थानीयको सहभागितामा जलकचहरी गरेको हो । पलाँता गाउँपालिकाले २०७४ को चैत्र ४ गते खानेपानी सरसफाइ र स्वच्छता क्षेत्रमा सुधार गर्न ७ बुँदे प्रतिबद्धता जाहेर गरेको थियो ।

के छ त प्रतिबद्धतामा ?
१. खानेपानी तथा सरसफाइ प्रबर्द्धनका सवालमा गाउँपालिकाले कम्तीमा बर्षमा २ पटक जलकचहरी गर्न प्रतिबद्ध छौं ।

२. किर्डाक नेपाल/वाटर एडको सहयोग एवं सहजीकरणमा पलाँता गाउँपालिकाको एकीकृत उत्थानशील खानेपानी सरसफाइ तथा स्वच्छता रणनैतिक योजना २०७५ भित्र निर्माण गरी कार्यान्वयन गर्ने गाउँपालिका प्रतिवद्ध छ ।


Sunday, July 23, 2017

पूर्ण सरसफाइ मार्गदर्शन २०७३ : खुला दिसामुक्त क्षेत्रपछि पूर्ण सरसफाइ घोषणा नगरे पनि हुने


काठमाडौ २० वैशाख । खुला दिसामुक्त घोषणा भइसकेका गाउँपालिका तथा नगरपालिकालाई पूर्ण सरसफाइ घोषणा गर्न अनिवार्य नहुने व्यवस्था सहित पूर्ण सरसफाइ मार्गदर्शन २०७३ कार्यान्वयनमा आएको छ । पूर्ण सरसफाइ मार्गदर्शनको औचित्य, लक्ष्य र उद्देश्य, पूर्ण सरसफाइका क्रियाकलाप तथा पूर्ण सरसफाइका सूचक जस्ता विषयलाई समेटेर राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले मार्गदर्शन जारी गरेको हो ।

समितिले सरसफाई गुरुयोजना २०६८ र वातावरणमैत्री स्थानीय सुशासन ढाँचा २०७० लाई मुख्य आधार मानेर पूर्ण सरसफाइ मार्गदर्शन २०७३ तयार पारेको हो । मार्गदर्शन तयार पार्दा क्षेत्र तथा जिल्ला तहका सरोकारवालाहरुको पृष्ठपोषण, राष्ट्रिय कार्यशालाको सुझाव र घोषणा पत्र, दिगो विकास लक्ष्य, स्थानीय निकायको नेतृत्व, मानव मलमुत्रीय फोहोरको व्यवस्थापन, ठोस तथा तरल फोहोरमैलाको प्रशोधन गरी पुनः प्रयोग वा तोकिएको मापदण्ड अनुसार विसर्जन गर्नुपर्ने अपरिहार्यता र विज्ञहरुको राय सुझावलाई समेत ध्यान दिइएको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एवं वातावरणीय सरसफाइ शाखाका प्रमुख प्रेमकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।


(FOR MORE...)