Showing posts with label solid waste. Show all posts
Showing posts with label solid waste. Show all posts

Tuesday, September 25, 2018

कबाड बटुलेर कलेज खर्च

अचेल सहरमा भाले बास्दैन । भालेको डाकसँगै पूर्व क्षितिजमा रातो डोरो पनि बस्दैन । ‘कबाडीवाला’ले लिएर आउँछन् बिहान । यस्तो लाग्छ– काठमाडौँ सहरका गल्लीहरूमा घाम पस्दैनन्, तर कबाडीवाला पस्छन् ।
‘खाली सिसी... पुराना कागज.... फलाम....’ एकाबिहानै कबाडीवालाका यी आवाज सुन्दै ब्युँझन्थिन् गौरी तिमल्सिना । तिनै कबाडीवालालाई ‘पुराना’ कापी किताब थमाएर थुप्रै पटक खुसी साटेकी छिन् गौरीले । कापी–कलम किन्ने पैसा जोहो गरेकी छन् ।
तर, समय स्थिर कहाँ रहिरन्छ र ! बदलियो । अहिले तिनै कबाडीवालाझैँ खाली सिसी, पुराना कापीकिताब, फलामका टुक्राटाक्रीमा जीवनका रङ खोजिरहेकी छन् उनी । सहरका गल्लीगल्लीमा साइकल डोर्याउँदै कबाडी सामान बटुलेर  जिन्दगीको सपना संगालिइरहेकी छिन् गौरी ।
गएको हप्ताकोमात्रै कुरा हो, गौरी एकाएक सामाजिक सञ्जालमा ‘भाइरल’ बनिन् । काँडाघारीचोकमा कबाडी सामग्री राखेर साइकल डोहोर्याउँदै गरेको तस्बिर बाटो हिँड्दै गरेकी गरिमा घिमिरेले खिचिन् । सरगम भट्टराईले त्यसलाई सामाजिक सञ्जालमा हाले । वायुवेगमा फैलियो । प्रतिक्रियाको ओइरो लाग्यो । स्थानीय गान्धी आदर्श मावि, गोठाटारमा कक्षा १२ मा पढ्ने गौरी सामान्य किशोरी थिइन् । एकाएक ‘सेलिब्रिटी’ बनिन् ।

[READ MORE...]

Monday, August 27, 2018

जनकपुरमा फोहोरैफोहोर










जनकपुर — यतिबेला जनकपुर सहरको फोहरमैला व्यवस्थापन र सरसफाइको विषय जनकपुरधाम उपमहानगरपालिकाको निम्ति मात्र होइन, प्रदेश सरकार र सङ्घीय सरकारलाई समेत चुनौती बनेको छ । वर्षेनी लाखौं स्वदेशी तथा विदेशी पर्यटक आउने जनकपुरधामको मुख्यबजार, चोक, गल्ली, ढल, सडक किनारा, फुटपाथ, जताततै फोहरका डङ्गुर छन् ।


धार्मिक तथा सांस्कृतिक महत्व बोकेको जनकपुर सहर घुम्न आउनेहरुको पहिलो नजर फोहर मैलामा पर्ने गरेको छ । फोहर मैला व्यवस्थापन गर्न नसक्दा जनकपुरवासी राजनीतिज्ञ, बुद्धिजीवी, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायको शिर निहुरिने अवस्था बन्न थालेको छ । सहरवासी, बजार, पसल, होटल, लज, डेरावाला, स्थानीय बासिन्दा र व्यवसायीले प्लास्टिक, कागजका टुक्रा, फलफूल तरकारीका बोक्रालगायत अधिकांश फोहर सडक किनारा, चोक, गल्ली, फुटपाथ, ढल, नालीमा फाल्ने गरेका छन् ।

Tuesday, August 21, 2018

फोहोर बेचेर गुजारा

काठमाडौँ — फोहोर बोकेका टिपरहरू नुवाकोटको सिसडोल पुग्नेबित्तिकै फोहोरमाथि मजदुरहरूको हारालुछ चल्छ । राजधानी काठमाडौंबाट फालिएको फोहोर बेचेर मजदुरहरूले गुजारा चलाइरहेका छन् भन्दा अनौठो लाग्न सक्छ । त्यही फोहोर व्यवस्थापन गर्न नसक्दा राजधानी बर्सेनि दुर्गन्धित बन्छ । यस्तैमध्येका एक हुन् काभ्रेका चश्मे तामाङ । उनले फोहोर बेचेर ‘मोहोर’ कमाउँदै आएका छन् । १५ वर्षदेखि उनले फोहोरमा फालिएका फोहोर टिपेर बिक्री गर्छन् । त्यही कमाइले ओखरपौवामा डेरा गरेर ४ जनाको परिवार पालेका छन् ।

सार्वजनिक स्थल, घर र कोठाबाट निस्केका सबै खालका फोहोर सिधै डम्पिङ साइटमा मिल्काउने अधिकांशको चलन छ । महत्त्व नबुझ्दा कतिपय मूल्यवान् कसिंगार पनि फोहोरका रूपमा खेर गएका सिसडोलमा भेटिएका मजुदरहरू बताउँछन् । त्यसो त अधिकांश फोहोर पुन: प्रयोग गर्न सक्ने खालका हुन्छन् । महत्त्व बुझेर होला । टिपर चलाउने जागिर छाडेर कतिपय चालकसमेत पुन: प्रयोग गर्न सकिने फोहोर टिप्न थालेका छन् । महँगो/महँगो फोहोर टिप्न तँछाडमछाड हुने गरेको चश्मेले सुनाए । ‘८ रुपैयाँदेखि ५ सय रुपैयाँ किलो पर्ने फोहोर आउँछ,’ उनले भने, ‘त्यही फोहोर बेचेर परिवार पाल्ने हामी धेरै जना छौं ।’ टिपरले फोहोर खन्याएपछि ल्यान्डफिल साइटमा डोजरले मिलाउने काम गर्छ । त्यही मौकामा ३ सयभन्दा बढी मजदुरले बिक्री हुने फोहोर छानीछानी बटुल्छन् ।

Sunday, August 19, 2018

फोहोरकी ‘करिष्मा’


“ऊ त करिष्मा हो करिष्मा !”

“हैन नेता, नेता !”

पटपटी फुटेका कुर्कुच्चा । त्यसमाथि लपक्कै फोहोर । नाक टट्याउने दुर्गन्ध नै जीवनको प्राणवायु हो । यसैले त धानेको छ– सास !

मध्याह्नको १२ बज्यो । टाउकामाथि आइपुग्यो घाम पनि । गर्मीले तालु बगर तुल्याएको छ । मंसिरमासमा धाँजा फाटेका खेतझैं कलेटी परेका छन् ओठ ।

चर्को धूप ! प्यासले व्याकुल तुल्याएको छ– एक अम्खोरा पानी सासै नफेरी रित्याऊँजस्तो !

टेक्न मिल्ने एक पाइला जमिन छैन । एकछिन उभियो, अमिलो राग कण्ठभित्र पस्छ । पेट उमेठेर उल्टी आउलाजस्तो हुन्छ । रिंगटाले फनफनी घुमाएको छ । कसरी काम गर्न सकेको होला यस्तोमा ! उफ् !! ओठमा बाक्लो लिपिस्टिक । कोष ढाक्ने गाजल । शिरमाथि छड्के क्याप । आँखामाथि गुलाबी ‘आइस्याडो’ । लुगाको बान्की उस्तै । फोहोरको दुर्गन्धले पनि आदिम सौन्दर्यको मानकलाई छाया पारेको छैन ।

“ऊऽऽ गाडी आइसक्यो, कति बस्या होला ! अरूले बटुलिसक्छन्, अनि खान्छौ ठूलो भाग !” उनले श्रीमान्लाई बेस्सरी हकारिन् । निचोरिएको कागतीझैं अनुहार लिएर श्रीमान् काममा हाजिर हुन्छन्, तुरुन्तै । उमेरमै तिलचामल कपाल । काँसझैं छुस्स दाह्री पनि फुलेछन् । घामले डढेर अँगारतुल्य छन् हातपाउ । अनुहार उस्तै श्यामल । पिठ्युँमा उचालिनसक्नुको बोरा बोकेका थिए, श्रीमान्ले ।

फोहोर फाल्न लाम

काठमाडौँ — बिहीबार दिउँसो नुवाकोटको सिसडोलमा फोहोर बोकेका टिपर र ट्रक सडकमा लाम लागेका थिए । केही चालक चर्को घामबाट बच्न छहारीमा बसेका थिए भने कोही गाडीभित्रै गीत बजाएर आराम गरिरहेका देखिन्थे ।

नुवाकोटको ककनी गाउँपालिका–२ मा पर्ने सिसडोलमा वडा नम्बर १ सम्मै आइपुग्ने गरी बिहीबार करिब १ सय ५० हाराहारीमा फोहोर बोकेका गाडी लामबद्ध देखिन्थे । दिनहुँ काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका साथै छिमेकको काभ्रेको फोहोर पनि यहीँ व्यवस्थापन गरिने गरिएको छ । दैनिक करिब २ सय ५० भन्दा बढी गाडी फोहोर फाल्न उक्त क्षेत्रमा जान्छन् तर फर्किने भने टुंगो हुन्न । समयमै पुगे पनि फोहोर फाल्न पालो कुर्नुपर्ने चालकहरू बताउँछन् ।

Thursday, August 9, 2018

उपत्यकाको फोहोर व्यवस्थापन जिम्मा निजीक्षेत्रलाई

काठमाडौं : उपत्यकाको फोहोरमैला व्यवस्थापन जिम्मा निजीक्षेत्रलाई दिन बाटो खुलेको छ। काठमाडौं महानगरपालिका परियोजना विकास सम्झौता (पीडीए)का लागि सहमत भएपछि फोहोरमैला व्यवस्थापन निजीक्षेत्रलाई दिन बाटो खुलेको हो।

यसअघि फोहोरमैला व्यवस्थापन निजीक्षेत्रलाई दिन लगानी बोर्डले तयार पारेको ‘पीडीए’मा महानगरपालिका सहमत भएको थिएन। लगानी बोर्ड र निजीक्षेत्रको संस्था नेपवेस्ट प्रालिबीच फोहोरमैला व्यवस्थापनका लागि पीडीए गर्ने तयारी भएको छ। महानगरको मौनताका कारण त्यो अघि बढ्न सकेको थिएन।

[READ MORE...]

Wednesday, August 8, 2018

जतुवाको घरघरमा पाइपबाट ग्यास

मोरङ — प्रधानमन्त्री केपी ओलीले अघिल्लो कार्यकालमा घरघरमा पाइपबाट ग्यास बाँडिने भाषण गरेपछि धेरैले हाँसोमा उडाए । भारतले नाकाबन्दी गरेर गयाँसको अभाव भइरहेको बेला उनको यो भनाई पत्याउनेको संख्या कमै थिए । तर, विराटनगर महानगरको जतुवामा भने स्थानीयस्तरमा पाइपबाट भान्छामै आइपुगेको ग्यासबाट खाना पाक्न सुरु भएको छ। गौशालाबाट पाइपमार्फत लगिएको ग्यासले जतुवा आसपासका घरमा खाना पाक्न थालेको हो।

तर, यो पाइपबाट भान्छामा ग्यास लैजाने काम भने सरकारले होइन, विराटनगर १४ जतुवास्थित श्रीकृष्ण गौसेवा सदनले गरेको हो। सदनमा पालेको गाईको मलबाट बनेको बायो ग्यास प्लाण्टले घरघरमा पुर्याएको हो। आइतबार रातीदेखि पाइपमा आइको ग्यासबाट खाना पाक्न थालेको छ। 'आश्चर्य र खुशी लागेको छ,’ स्थानीय रीनादेवी मिश्रले भनिन्, ‘बायो ग्यासमा पकाएको खाना एलपी ग्यासमाभन्दा मिठो र छिटो पाक्दोरहेछ।’ उनले अब सिलिण्डर बिस्फोट भएर दुर्घटना हुने डर नरहेको बताइन्।

Friday, August 3, 2018

नगरले उठाउन छाड्यो फोहोर

लहान : सिरहाको लहान नगरपालिकामा क्षेत्रभित्र पर्ने पूर्वपश्चिम लोकमार्गको फोहर उठाउन नगरपालिकाले छाडेपछि दिनदिनै बजार दुर्गन्धित बन्दै गएको छ । लोकमार्ग क्षेत्रभित्र पर्ने बजारमा अतिक्रमित सडक खाली गराउने विषयमा सडक डिभिजन कार्यालयसँग मतभेद हुँदा नगरले वर्षौंदेखि उठाउँदै आएको फोहर एक सातादेखि सडकमै अलपत्र छ । सडक डिभिजन कार्यालय लहानले सडक क्षेत्रको ८२ फिटभित्र अतिक्रमण गरी बनाइएका टहराहरू खाली गराउन नगरपालिकासँग सहयोग मागेका थियो । तर नगरपालिकाले १ सय ३ फुट सडक बढाएर खाली गराउने माग गरेपछि मतभेद सुरु भएको थियो ।

फोहोरबाट प्रांगारिक मल


काठमाडौँ — रोजगारीको खोजीमा चितवनदेखि काठमाडौं पसेका अमर लामालाई आजभोलि कामको चाप छ । गल्ने फोहोर छान्ने, मेसिनबाट घाँसपात मसिनो बनाउने अनि थुप्रो बनाएर खाल्डोमा हाल्ने । उनको दिनचर्या यतिमै सकिँदैन ।थुप्रोलाई ओल्टोपाल्टो पार्ने, त्यसमा औषधि र पानीको मात्रा मिलाएर हाल्ने । एक थुप्रोलाई २ महिनाजति यस्तै मिहिनेत गरेपछि बन्छ– प्रांगारिक मल । 

नेपाल प्रदूषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक) सँग आबद्ध उनी यही मल प्रयोग गरी तरकारी बाली र फूलबारी पनि स्याहार्छन् । हाँसपालन पनि गरेकै छन् । हाँस चराउने, दानापानी खुवाउने पनि उनकै जिम्मेवारी हो । चोभारस्थित वागमतीको किनारमा यी सबै काम हुन्छन् । उनी त्यहीं काम गर्ने र बस्ने गर्छन् । ‘फोहोर नै मोहोर’ भन्ने भनाइ सार्थक बनाएका छन् । उनी भन्छन्, फोहोर पनि यति काम लाग्ने चिज हो भनेर थाहा थिएन, आफूसहित परिवारलाई पनि यही काममा लगाउने सोचेको छु ।’ जोडले हावा चल्दा वरपरका बासिन्दा उनलाई घेर्न आइपुग्छन् । फोहोरले बस्ती नै दूषित बनायो भन्ने उनीहरूको गुनासो हुन्छ ।

Thursday, August 2, 2018

राजधानी सहर दुर्गन्धित

जनकपुर — फोहर व्यवस्थापन नहुँदा प्रदेश २ को राजधानी जनकपुर दुर्गन्धित बनेको छ । उपमहानगरपालिकाको फोहर मैला शाखाले सहरका विभिन्न बस्तीबाट थुपारिएको फोहर संकलन गरे पनि व्यवस्थित हुन सकेको छैन ।

धार्मिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्रका रूपमा स्थापित जनकपुर सहर घुम्न आउने स्वदेशी तथा विदेशी आगन्तुकको पहिलो नजर फोहर मैलामै पर्ने गरेको छ । अव्यवस्थित फोहर मैलाका कारण पर्यटकीय धार्मिक सहर जनकपुरको पहिचान नै फोहर मैलायुक्त सहरका रूपमा परिचित हुन थालेको छ । जनकपुर सहरका बासिन्दा र व्यवसायीले प्लास्टिक, कागजका टुक्रालगायत बजार, पसल, होटल, लज तथा निजी घरबाट उत्सर्जन हुने फोहर अधिकांश सडक किनारा, फुटपाथ, ढल, नालीमा फाल्ने गरेका छन् । ढल प्लास्टिकजन्य फोहोर भरिएका छन्। ढलमा बग्नुपर्ने पानी सडकमा बग्न गरेको छ । वर्षादका बेला घरआँगनमै दुर्गन्धसहितको कालो पानी बग्ने गरेको छ । त्यही पानी बगेर जनकपुरका स्वच्छ र पवित्र मानिएका तालपोखरीमा पुग्छ। दूषित पानीले तालतलाउ पोखरीमा रहेका माछा मर्ने गरेको जनकपुर मत्स्य विकास केन्द्रले जनाएको छ । फोहरमैलाको दुर्गन्धले सहरको जनस्वास्थ्य नराम्ररी प्रभावित भएको छ । कालो पानी र फोहरको दुर्गन्धले खाना अरुचि हुने, अमन, अपच र आलस्य हुने गरेको स्थानीयवासी बताउँछन् ।

[READ MORE...]

Saturday, July 28, 2018

फोहोरबाट ग्यास-सिलिन्डरको ९०० रुपैयाँ

परासी — फोहोरबाट बायोग्यास । दिनको १ सय ५० सिलिन्डर उत्पादन । गोटाको ९ सय रुपैयाँ मूल्य । हाम्रै नवलपरासीमा । हो, पश्चिम नवलपरासीको सुक्रौलीमा ‘फोहोरबाट मोहर’ फल्न थालेको छ । इन्भिपावर इनर्जी एन्ड फर्टिलाइजर प्रालिले खाना पकाउने ग्यास निकालेर बेच्न सुरु गरिसकेको छ ।


उद्योगका कार्यकारी सञ्चालक अभिरथ अग्रवालका अनुसार पहिलो चरणमा औद्योगिक उपभोक्तालाई उपलब्ध गराइएको छ । ‘रामग्राम नगरपालिकाका बजार क्षेत्रमा तत्काल पाइपलाइनबाट भान्छा–भान्छामा ग्यास पुर्‍याउने लक्ष्य छ,’ उनले भने, ‘यो सस्तो मात्र होइन, वातावरणमैत्रीसमेत छ ।’

कुहिने वस्तु यसको कच्चा पदार्थ हो । फोहोर, कुखुराको सुली, गोबर, चिनी मिलको छोक्रा आदि प्रयोग गरिन्छ । अग्रवालका अनुसार कच्चा पदार्थ जैविक मल बनाउन उद्योगले १५ बिघा जग्गा भाडामा लिएर मकै खेती गरेको छ । त्यो पनि वर्षमा चार पटकसम्म फल्ने जातको । त्यसैलाई कुहाएर कच्चा पदार्थ बनाउने उद्योगको योजना छ ।

[READ MORE...]

Friday, July 27, 2018

फोहोर घरमै छुट्याउने कि !

काठमाडौँ — १३ वर्षदेखि काठमाडौं उपत्यकाको फोहोर फालिएको नुवाकोटको सिसडोल ल्यान्डफिल साइट भरिएको छ । वैकल्पिक स्थान बञ्चरेडाँडामा पूर्वाधार तयार छैन । वर्षाका बेला फोहोरको पहाडमा पैरो जाने स्थिति छ । फोहोर बोकेका गाडी पुग्ने बाटो भत्किएको छ ।

फोहोर बोकेर दैनिक तीन टिप टिपरहरू सिसडोल पुग्ने गरेकामा अहिले एक टिप मात्रै पुगेका छन्, जसका कारण उपत्यकामा नियमित फोहोर उठ्न सकेको छैन । यसले गर्दा सहर/टोल दुर्गन्धित भएका छन् । सडक चोकमा थुपारिएका फोहोरले बाटो नै छेकिने स्थिति बनेको छ ।
यसरी हेर्दा काठमाडौंको फोहोरको समस्या विकराल देखिन्छ । तर, विज्ञहरू भने यो समस्याको सजिलो समाधान रहेको बताउँछन् । त्यो हो फोहोरको घरैमा वर्गीकरण । घरबाट निस्किने फोहोरलाई कुहिने (जैविक) र नकुहिने (अजैविक) फोहोर छुट्याएर छुट्टाछुट्टै राख्ने । कुहिने फोहोरलाई घरकै करेसाबारीमा मलका रूपमा प्रयोग गर्ने । नकुहिनेलाई मात्र सिसडोल पुर्‍याउने गरी नगरपालिकाको फोहोर उठाउने संयन्त्रलाई जिम्मा लगाउने ।


Tuesday, February 1, 2011

विद्युतीय फोहरले ज्यानै लिन सक्ने

समस्या बन्दै विद्युतीय फोहर व्यवस्थापन

काठमाडौँ माघ १७ गते  (Feb. 1, 2011)
 सहरीकरण भूमण्डलीकरण तथा मानिसको दिनचर्यामा आएको परिवर्तनसँगै नेपालमा समेत टीभी कम्प्युटर मोबाइललगायतका विद्युतीय उपकरणको प्रयोग उल्लेख्य मात्रामा रहेको पाइएको छ । 

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले सोमबार यहाँ आयोजना गरेको ुविद्युतीय फोहर व्यवस्थ्ाापनु विषयक कार्यशाला गोष्ठीमा सरोकारवालाहरुले विद्युतीय फोहरको उचित व्यवस्थापनका लागि सम्बन्धित निकायको अग्रसरतमा छिट्टै कानुन तर्जुमा गर्नुपर्ने आवश्यकता व्यक्त गरेका छन् । 

केन्द्रले सार्वजनिक गरेको एक अध्ययनका अनुसार सन् २०१२ सुरुमा नेपालमा अत्यधिक प्रयोग हुने विद्युतीय सामग्रीमध्ये टीभी कम्प्युटर र मोबाइलबाट भविष्यमा हुनसक्ने विद्युतीय फोहरको सम्भावित परिमाणमा टीभीबाट एक हजार २१२ टन कम्प्युटरबाट पाँच हजार ५९३ टन र मोबाइलबाट तीन हजार टन उत्पादन हुनेछ । सन् २०१० को अन्त्यसम्ममा मोबाइल फोनका प्रयोगकर्ता एक करोड रहेको जानकारी सो अवसरमा दिइयो । 

स्थानीय विकासमन्त्री पूर्णकुमार सेर्मा लिम्बूले जैविक फोहरको व्यवस्थापनमा समस्या रहेको र विकासको गतिसँगै विकासोन्मुख देशहरुमा विद्युतीय फोहरको मात्रा बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँले काठमाडौँ जस्ता सहरहरुमा विद्युतीय फोहरको समस्या देखिन लागेकाले सोसम्बन्धी नीतिनिर्माणका साथै निजी तथा सरकारी सङ्घसंस्थाहरुबाट विशेष पहल हुनु जरुरी देखिएको औँल्याउनुभयो । मन्त्री लिम्बूले उपत्यकालाई लक्षित गरेर फोहरमैलाको व्यवस्थापन एक वर्षअघि सुरु गरिएको भए पनि सो विषयमा कार्यान्वयनको प्रकि्रया अगाडि बढाउन नसकिएको स्वीकार्नुभयो । 

केन्द्रका कार्यकारी निर्देशक रामचरित्र साहले घर तथा कार्यालयबाट अन्य फोहरसँगै मिसिएर विद्युतीय फोहरको डम्पिङ हुने गरेको बताउँदै यही अनुपातमा विद्युतीय फोहर वृद्धि हुँदै जाने हो भने विद्युतीय फोहरले भविष्यमा भयावह रुप लिने बताउनुभयो । उहाँले नेपालमा हालसम्म विद्युतीय फोहरसम्बन्धी कुनै पनि कानुन बन्न नसक्नु सम्बन्धित मन्त्रालय तथा सरोकारवालाहरुको लापरबाही भएको उल्लेख गर्नुभयो । उहाँले ऊर्जा सङ्कट तथा वातावरणमैत्रीका नाममा सीएफएल चिमलाई बढावा दिने प्रवृत्ति तथा सीएफएल चिमको उचित व्यवस्थापनमा ध्यान नदिइँदा वातावरणमा लिड तथा मर्करीको खतरा बढेको जानकारी दिनुभयो । 

विद्युतीय फोहर विषयमा गरिएको प्रतिवेदन सार्वजनिक गर्दै जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक साहले सन् २०१२ सम्ममा विश्वभर ५३ मिलियन टन ई-वेस्ट उत्पादन हुने र नगरपालिकाहरुमा औसत आठ प्रतिशतका दरले विद्युतीय फोहर वृद्धि भइरहेको जानकारी दिनुभयो । उहाँले विद्युतीय फोहरमा २७ प्रतिशत हानिकारक पदार्थ हुने गरेको बताउनुभयो । निर्देशक साहले विद्युतीय फोहर व्यापार तथा ओसारपोसार महासन्धि ुवासेल सन्धिु मा नेपालले प्रतिबद्धता जनाएको भए पनि नेपालबाट ठूलो सङ्ख्यामा दिनहुँ विद्युतीय फोहर भारतमा निर्यात भइरहेको उल्लेख गर्नुभयो । निर्देशक साहले विद्युतीय फोहरको व्यवस्थापन र प्रशोधनको कार्य वातावरणमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

भारतको दिल्लीस्थित ट_िक्सस्् लिङ्क कम्पनीका कार्यक्रम अधिकृत प्रीति महेशले विश्वमा हाल वार्षिक रुपमा ५० मिलियन पाँच करोड टन उत्पादन हुने विद्युतीय सामग्री उपभोगमा आएको बताउनुभयो । विद्युतीय फोहर व्यवस्थापनका लागि कानुन निर्माणको प्रकि्रया अगाडि बढेको भन्दै उक्त फोहर व्यवस्थापनका लागि २० वटा अत्याधुनिक केन्द्र स्थापना गरिएको उहाँले बताउनुभयो । महेशले विद्युतीय फोहरको उचित व्यवस्थापनका लागि क्षेत्रीयस्तरमा समान प्रकृतिको कानुन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले विगतमा अपि्रुकन देशहरुमा विद्युतीय फोहर ओसारपोसार हुने गरेकोमा हाल एसियाका विकासोन्मुख देशहरुमा अवैध रुपमा ओसारपोसार हुने गरेको पाइएको बताउनुभयो