Showing posts with label Kathmandu. Show all posts
Showing posts with label Kathmandu. Show all posts

Thursday, November 14, 2019

Electric vehicles are the future of mobility, but is Nepal ready?

By: Tsering Ngodup Lama
It was 2010 when Bijaya Sagar Pradhan bought his first electric car. Electric cars then were a rare sight on Kathmandu’s streets, making Pradhan one of the earliest adopters of private electric vehicles in the country.

“I was tired of waiting in long queues at fuel stations and I wanted to lessen my reliance on fossil fuels,” said Pradhan.

There has long been a plethora of choices when it comes to petrol and diesel-powered cars but Pradhan, in 2010, didn’t have that luxury. The only private electric vehicle--or EV, as they’re colloquially called--available then was the REVA, manufactured by a Bangalore-based company that has since been acquired by Mahindra. It was a small-sized car that could only seat two adults and two children.

“The car cost me around Rs1.2 million and it ran 80kms on a full charge. Since private EVs were a new concept for people in the city, many questioned my decision. Some even suggested that I should have added Rs200,000 and bought a Hyundai Santro instead. The less forgiving ones made fun of the size and design of the car,” said Pradhan.

For ECO Vision, the company that acquired the Nepal dealership for REVA vehicles in 2010, customers like Pradhan were rare.

“EVs were a novelty. Many didn’t know about EVs, and many who did, didn’t trust the technology,” said Pramod Bhandari, manager of the dealership. “Convincing people to opt for electric cars over conventional petrol and diesel cars was tough.”

During its initial years, the company, Bhandari said, considered one unit sale a month as a significant achievement.

Since Pradhan’s REVA purchase, Nepal’s EV landscape has undergone major shifts. The number of EVs in the country, including private two- and four-wheelers and public vehicles, reached 21,000 in 2017, according to the Electric Vehicle Association of Nepal (EVAN). In 2018, that number crossed 45,000. Today, around 10 percent of vehicles sold in the country are EVs.

This significant rise in the number of EVs follows a global pattern where more and more countries are pursuing policies that promote the adoption of EVs in private life and for public transport in order to combat pollution and climate change. In 2018, the number of electric cars in the world crossed 5.1 million, an increase of two million from 2017, according to the International Energy Agency, a Paris-based intergovernmental organisation.

To cater to the growing demand for EVs, a slew of dedicated international manufacturers--Tesla, Rivian, LUCID Motors, NIO and Byton--have sprung up. Even traditional combustion engine automakers have started focusing heavily on EVs. The German auto behemoth Volkswagen plans to produce 50 EV models by 2025 and sell one million electric cars every year between 2025 and 2030, half in China alone. In 2018, Ford announced plans for at least $11 billion of investment into EV production by 2022.

“The future of mobility is electric,” said Umesh Raj Shrestha, chairperson of EVAN. But for Nepal to transition fully to EVs, the country needs robust infrastructure to support these vehicles. And the time is here for Nepal to start laying the groundwork for what is certain to become the next grand transition in transport.

[FOR MORE...]

Tuesday, September 25, 2018

कबाड बटुलेर कलेज खर्च

अचेल सहरमा भाले बास्दैन । भालेको डाकसँगै पूर्व क्षितिजमा रातो डोरो पनि बस्दैन । ‘कबाडीवाला’ले लिएर आउँछन् बिहान । यस्तो लाग्छ– काठमाडौँ सहरका गल्लीहरूमा घाम पस्दैनन्, तर कबाडीवाला पस्छन् ।
‘खाली सिसी... पुराना कागज.... फलाम....’ एकाबिहानै कबाडीवालाका यी आवाज सुन्दै ब्युँझन्थिन् गौरी तिमल्सिना । तिनै कबाडीवालालाई ‘पुराना’ कापी किताब थमाएर थुप्रै पटक खुसी साटेकी छिन् गौरीले । कापी–कलम किन्ने पैसा जोहो गरेकी छन् ।
तर, समय स्थिर कहाँ रहिरन्छ र ! बदलियो । अहिले तिनै कबाडीवालाझैँ खाली सिसी, पुराना कापीकिताब, फलामका टुक्राटाक्रीमा जीवनका रङ खोजिरहेकी छन् उनी । सहरका गल्लीगल्लीमा साइकल डोर्याउँदै कबाडी सामान बटुलेर  जिन्दगीको सपना संगालिइरहेकी छिन् गौरी ।
गएको हप्ताकोमात्रै कुरा हो, गौरी एकाएक सामाजिक सञ्जालमा ‘भाइरल’ बनिन् । काँडाघारीचोकमा कबाडी सामग्री राखेर साइकल डोहोर्याउँदै गरेको तस्बिर बाटो हिँड्दै गरेकी गरिमा घिमिरेले खिचिन् । सरगम भट्टराईले त्यसलाई सामाजिक सञ्जालमा हाले । वायुवेगमा फैलियो । प्रतिक्रियाको ओइरो लाग्यो । स्थानीय गान्धी आदर्श मावि, गोठाटारमा कक्षा १२ मा पढ्ने गौरी सामान्य किशोरी थिइन् । एकाएक ‘सेलिब्रिटी’ बनिन् ।

[READ MORE...]

Saturday, September 22, 2018

दूध स्वच्छताका लागि नयाँ मापदण्ड

काठमाडौं - न्यून गुणस्तरको दूध बिक्री गरेर उपभोक्ता ठगिएको गुनासो आएपछि सरकारले दूधको नयाँ मापदण्ड तयार गरेको छ। दूध उत्पादनदेखि बिक्रीसम्म व्यवस्थित बनाउन दूध तथा दुग्ध पदार्थमा स्वच्छता एवं गुणस्तर सम्बन्धी निर्देशिका, २०७५ तयार गरेको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशिकाको मस्यौदा तयार गरेर कृषि तथा पशुपक्षी मन्त्रालयमा पेस गरेको छ । उत्पादनदेखि उपभोक्तासम्म दूधको मापदण्ड तोकेर सुधारको प्रयास सुरु गरेको विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले बताए । ‘किसानदेखि बिक्रेतासम्म सबैको दायित्व तोकेका छौं,’ कर्णले भने, ‘निर्देशिका पास भएर कार्यान्वयनमा आएपछि दूध बजार व्यवस्थित हुन्छ।’केही समयअघि दूध बजारको अनुगमन गरेपछि कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले यो क्षेत्र सुधार गर्ने प्रतिबद्धता जनाएका थिए । मन्त्रीको निर्देशन अनुसार नयाँ निर्देशिका तयार गरेको महानिर्देशक कर्णले बताए । ‘दूध उद्योगलाई व्यवस्थित गर्ने योजना हो,’ कर्णले भने, ‘गुणस्तरीय दूध उपभोग गर्न पाउने उपभोक्ताको अधिकार पनि निर्देशिकाले सुरक्षित गरेको छ ।’  विभागले दूधलाई मात्र लक्ष्य गरेर पहिलोपटक निर्देशिका जारी गर्न लागेको हो।

Friday, August 31, 2018

मेलम्ची खानेपानी आयोजना: फोहोर पानी प्रशोधन केन्द्र बन्दै

काठमाडौँ — मेलम्ची खानेपानी आयोजनाले पहिलो चरणमा निर्माणाधीन ६ वटा फोहोर पानी प्रशोधन केन्द्रले उपत्यकाको २० प्रतिशत फोहोर पानीमात्र प्रशोधन गर्ने जनाएको छ । आयोजनाका अनुसार ८० प्रतिशत फोहोर पानी प्रशोधित गर्न थप प्रशोधन केन्द्र निर्माण गर्ने तयारीसमेत भइरहेको छ ।

पहिलो चरणमा सल्लाघारी र कोडकुमा एक/एकवटा तथा धोबीघाट र गुह्येश्वरीमा २/२ वटा प्रशोधन केन्द्र निर्माण भइरहेका छन् । निर्माण सम्पन्न भएपछि गुह्येश्वरीमा ३ करोड २४ लाख, सल्लाघारीमा १ करोड ४२ लाख, धोबीघाटमा ८ करोड ७७ लाख र कोडकुमा १ करोड ७५ लाख लिटर प्रतिदिन फोहर पानी प्रशोधन गर्नेछ ।

Thursday, August 23, 2018

मेलम्चीमा ३४ करोड लिटर थपिने

काठमाडौँ — खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत दोस्रो चरणमा याङग्री र लार्के खोलाको विस्तृत अध्ययन परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको जनाएको छ । डीपीआर स्पेनको परामर्शदाता कम्पनी इप्टिसाले तयार गरेको हो ।

गतवर्ष आयोजनाले दिएको एक वर्षको समयावधिभित्र परामर्शदाताले डीपीआर तयार गरी बुझाएको हो । ‘अन्तर्राष्ट्रिय विज्ञले यस विषयमा छलफल गरिराखेका छन्,’ खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले भने, ‘डीपीआरका सुधार गर्नुपर्ने पक्ष समेटेर स्वीकृत गरिनेछ ।’ नर्वे, क्यानडा, भारतलगायतका मुलुकबाट विज्ञ मगाएर छलफल भइरहेको उनले बताए । तीन महिनाभित्र अन्तर्राष्ट्रिय टेन्डर आह्वानमार्फत काम सुरु गरिने उनले जनाए ।

[READ MORE...]

Sunday, August 19, 2018

फोहोरकी ‘करिष्मा’


“ऊ त करिष्मा हो करिष्मा !”

“हैन नेता, नेता !”

पटपटी फुटेका कुर्कुच्चा । त्यसमाथि लपक्कै फोहोर । नाक टट्याउने दुर्गन्ध नै जीवनको प्राणवायु हो । यसैले त धानेको छ– सास !

मध्याह्नको १२ बज्यो । टाउकामाथि आइपुग्यो घाम पनि । गर्मीले तालु बगर तुल्याएको छ । मंसिरमासमा धाँजा फाटेका खेतझैं कलेटी परेका छन् ओठ ।

चर्को धूप ! प्यासले व्याकुल तुल्याएको छ– एक अम्खोरा पानी सासै नफेरी रित्याऊँजस्तो !

टेक्न मिल्ने एक पाइला जमिन छैन । एकछिन उभियो, अमिलो राग कण्ठभित्र पस्छ । पेट उमेठेर उल्टी आउलाजस्तो हुन्छ । रिंगटाले फनफनी घुमाएको छ । कसरी काम गर्न सकेको होला यस्तोमा ! उफ् !! ओठमा बाक्लो लिपिस्टिक । कोष ढाक्ने गाजल । शिरमाथि छड्के क्याप । आँखामाथि गुलाबी ‘आइस्याडो’ । लुगाको बान्की उस्तै । फोहोरको दुर्गन्धले पनि आदिम सौन्दर्यको मानकलाई छाया पारेको छैन ।

“ऊऽऽ गाडी आइसक्यो, कति बस्या होला ! अरूले बटुलिसक्छन्, अनि खान्छौ ठूलो भाग !” उनले श्रीमान्लाई बेस्सरी हकारिन् । निचोरिएको कागतीझैं अनुहार लिएर श्रीमान् काममा हाजिर हुन्छन्, तुरुन्तै । उमेरमै तिलचामल कपाल । काँसझैं छुस्स दाह्री पनि फुलेछन् । घामले डढेर अँगारतुल्य छन् हातपाउ । अनुहार उस्तै श्यामल । पिठ्युँमा उचालिनसक्नुको बोरा बोकेका थिए, श्रीमान्ले ।

फोहोर फाल्न लाम

काठमाडौँ — बिहीबार दिउँसो नुवाकोटको सिसडोलमा फोहोर बोकेका टिपर र ट्रक सडकमा लाम लागेका थिए । केही चालक चर्को घामबाट बच्न छहारीमा बसेका थिए भने कोही गाडीभित्रै गीत बजाएर आराम गरिरहेका देखिन्थे ।

नुवाकोटको ककनी गाउँपालिका–२ मा पर्ने सिसडोलमा वडा नम्बर १ सम्मै आइपुग्ने गरी बिहीबार करिब १ सय ५० हाराहारीमा फोहोर बोकेका गाडी लामबद्ध देखिन्थे । दिनहुँ काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका साथै छिमेकको काभ्रेको फोहोर पनि यहीँ व्यवस्थापन गरिने गरिएको छ । दैनिक करिब २ सय ५० भन्दा बढी गाडी फोहोर फाल्न उक्त क्षेत्रमा जान्छन् तर फर्किने भने टुंगो हुन्न । समयमै पुगे पनि फोहोर फाल्न पालो कुर्नुपर्ने चालकहरू बताउँछन् ।

Friday, August 10, 2018

यसकारण राख्नु हुँदैन फ्रिजमा अण्डा


काठमाडौं : भान्सामा प्रयोग हुने महत्वपूर्ण सामग्री हो, फ्रिज। यसले खानेकुरालाई लामो समयसम्म ताजा राख्नमा सहयोग गर्छ। सजिलो र चाहेको बेला खाना खान सजिलो हुने भएकाले एकपटक पकाएको खाना पछिसम्मका लागि पनि फ्रिजमा राख्ने गरिन्छ। फ्रिजले खानालाई  फ्रेस राख्ने भएकाले यसको प्रयोग गरिँदै आएको हो। तर सबै खाने कुरा फ्रिजमा राख्दा फ्रेस हुन्छ भन्ने छैन।

यस्तै खानेकुरामा पर्छ अण्डा। पकाउन सजिलो र प्रोटिनको मात्रा प्रशस्त हुने भएकाले अण्डा सबैको रोजाइमा पर्छ। स्वास्थ्यलाई फाइदाजनक मानिने अण्डा फ्रिजमा राख्दा यसलै उल्टै वेफाइदा गर्छ। अण्डालाई फ्रिजमाभन्दा कोठाको तापक्रममा राख्दा राम्रो हुन्छ। कतिपयले थाहा नपाएरै अण्डालाई फ्रेस राख्नका लागि फ्रिजमा राख्ने गर्छन्। तर यसो गर्नु राम्रो होइन। फ्रिजमा राखिएका अण्डाले फाइदाभन्दा वेफाइदा बढी गर्छ। फ्रिजमा अण्डा राख्दा यसको रङ र स्वादमा समेत फरकपन आउँछ। फ्रिजको सामान्य तापमानमा राखिएको अण्डामा कन्डेन्सेसन 'condensation' ग्यासबाट लिक्वीड बन्ने प्रकिया हुन्छ। जसले गर्दा कन्डेन्सेसनबाट अण्डाको बोक्रामा रहेको ब्याक्टेरिया चलायमान हुन्छन्। यसरी उत्पन्न भएका ब्याक्टेरिया अण्डाको भित्री भागसम्म पस्न सक्ने सम्भावना पनि त्यत्तिकै हुन्छ । जुन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन ।  यस्तो अण्डा खाँदा पेट दुख्ने, पखाला लाग्ने मात्र नभइ यसले ठूलै रोगको मुखमै पुर्याउन सक्छ।

Thursday, August 9, 2018

उपत्यकाको फोहोर व्यवस्थापन जिम्मा निजीक्षेत्रलाई

काठमाडौं : उपत्यकाको फोहोरमैला व्यवस्थापन जिम्मा निजीक्षेत्रलाई दिन बाटो खुलेको छ। काठमाडौं महानगरपालिका परियोजना विकास सम्झौता (पीडीए)का लागि सहमत भएपछि फोहोरमैला व्यवस्थापन निजीक्षेत्रलाई दिन बाटो खुलेको हो।

यसअघि फोहोरमैला व्यवस्थापन निजीक्षेत्रलाई दिन लगानी बोर्डले तयार पारेको ‘पीडीए’मा महानगरपालिका सहमत भएको थिएन। लगानी बोर्ड र निजीक्षेत्रको संस्था नेपवेस्ट प्रालिबीच फोहोरमैला व्यवस्थापनका लागि पीडीए गर्ने तयारी भएको छ। महानगरको मौनताका कारण त्यो अघि बढ्न सकेको थिएन।

[READ MORE...]

Friday, August 3, 2018

फोहोरबाट प्रांगारिक मल


काठमाडौँ — रोजगारीको खोजीमा चितवनदेखि काठमाडौं पसेका अमर लामालाई आजभोलि कामको चाप छ । गल्ने फोहोर छान्ने, मेसिनबाट घाँसपात मसिनो बनाउने अनि थुप्रो बनाएर खाल्डोमा हाल्ने । उनको दिनचर्या यतिमै सकिँदैन ।थुप्रोलाई ओल्टोपाल्टो पार्ने, त्यसमा औषधि र पानीको मात्रा मिलाएर हाल्ने । एक थुप्रोलाई २ महिनाजति यस्तै मिहिनेत गरेपछि बन्छ– प्रांगारिक मल । 

नेपाल प्रदूषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक) सँग आबद्ध उनी यही मल प्रयोग गरी तरकारी बाली र फूलबारी पनि स्याहार्छन् । हाँसपालन पनि गरेकै छन् । हाँस चराउने, दानापानी खुवाउने पनि उनकै जिम्मेवारी हो । चोभारस्थित वागमतीको किनारमा यी सबै काम हुन्छन् । उनी त्यहीं काम गर्ने र बस्ने गर्छन् । ‘फोहोर नै मोहोर’ भन्ने भनाइ सार्थक बनाएका छन् । उनी भन्छन्, फोहोर पनि यति काम लाग्ने चिज हो भनेर थाहा थिएन, आफूसहित परिवारलाई पनि यही काममा लगाउने सोचेको छु ।’ जोडले हावा चल्दा वरपरका बासिन्दा उनलाई घेर्न आइपुग्छन् । फोहोरले बस्ती नै दूषित बनायो भन्ने उनीहरूको गुनासो हुन्छ ।

Tuesday, July 31, 2018

अबको ३५ वर्षमै उपत्यकामा भूमिगत पानी शून्य हुन्छ त्यसैले.....

केशव शर्मा / डा. गोविन्द कार्की 

काठमाडौँ उपत्यकाको बढ्दो अनियन्त्रित सहरीकरणका कारण भूकम्पीय तथा आगोलागीको जोखिम, नदीनालाहरूको अतिक्रमण, डुबान तथा फोहोरमैलाको समस्या आदि चर्चा धेरै हुने गरे तापनि उच्च दोहन तथा न्यून मात्रामा पानी पुनःभरणको कारणले गर्दा भूमिगत पानीको मात्रा घट्दो छ, जसको वातावरणीय असर त छँदै छ अन्य जोखिम पनि निम्तिने खतरा बढेको छ।

काठमाडौँ उपत्यकाको प्रमुख सहरी क्षेत्रभन्दा बाहिर रहेको र भूमिगत पानी पुनःभरणका लागि राम्रो मानिएको मूलपानीमा समेत सन् २००१ र २०१३ मा खनिएको डिपवेलले पानीको सतह घटेको पाइएको थियो । सन् २००१ मा जमिनबाट ३३.३ मिटर मात्रै गहिरो थियो, जबकि सन् २०१३ मा करिब ३६ मिटर पुगेको देखियो ।त्यस्तै टौदह, कीर्तिपुरमा सन् २००१ मा करिब ७.९५ मिटरमुनि पानीको सतह भेटिएकामा २०१४ मा त्यो सतह १०.३४ मिटर तल पुगेको पाइएको थियो । त्यस्तै लुभू, ललितपुरमा २००१ मा ३०.११ मिटर गहिराइमा पानी भेटिएकामा २०१४ मा ४० मिटर तल पुग्यो । ३० वर्षअघि ८ देखि १० मिटर खन्दा भेटिने पानीको स्रोत अहिले ४०–५० मिटरसम्म खन्दासमेत पाउन कठिन छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल) ले सञ्चालन गरेको ट्युबेलबाट केही वर्ष अघिसम्म प्रतिमिनेट हजार लिटर पानी आउँथ्यो, अहिले ७०० लिटर आउँछ । राणाकालसम्म पनि उपत्यकाको खानेपानी भूमिगत स्रोतमा निर्भर थियो । त्यतिबेला ढुंगेधारा र इनारमा जमिनमुनिको स्रोतबाट अटुट पानी आउँथ्यो । अहिले काठमाडौँमा रहेका करिब ३९० ढुंगेधारा रहेकामा १६० ढुंगेधारा सुकिसकेका छन् । साथै परम्परादेखिका इनारहरू सुकिसकेका छन्।

[FOR MORE...]

Monday, July 30, 2018

सडक सफा गर्न चीनले दियो महानगरलाई दुई वटा ब्रुमर

नेपालको सामाजिक विकासमा चिनियाँ सरकारले विभिन्न परियोजनामार्फत् सहयोग उपलब्ध गराउने भएको छ। मुलुकको सामुदायिक विकास, जीविकोपार्जन, विपद् व्यवस्थापन, सीपमूलक तालिम, शिक्षा र स्वास्थ्य सेवामा परियोजना सञ्चालन गर्नका लागि समाज कल्याण परिषद् र चिनियाँ एनजिओ नेटवर्क इन्टरनेशनल एक्सचेन्जबीच आइतबार साँझ समझदारी भएको परिषद्ले जनाएको छ ।

यसैबीच चीन सरकारले काठमाडौं महानगरपालिकालाई सडक सफा गर्न दुई वटा ब्रुमर (उपकरण) हस्तान्तरण गरेको परिषद्का कानूनी सल्लाहकार निशा बानियाँले जानकारी दिइन्।

[READ MORE...]

Friday, July 27, 2018

फोहोर घरमै छुट्याउने कि !

काठमाडौँ — १३ वर्षदेखि काठमाडौं उपत्यकाको फोहोर फालिएको नुवाकोटको सिसडोल ल्यान्डफिल साइट भरिएको छ । वैकल्पिक स्थान बञ्चरेडाँडामा पूर्वाधार तयार छैन । वर्षाका बेला फोहोरको पहाडमा पैरो जाने स्थिति छ । फोहोर बोकेका गाडी पुग्ने बाटो भत्किएको छ ।

फोहोर बोकेर दैनिक तीन टिप टिपरहरू सिसडोल पुग्ने गरेकामा अहिले एक टिप मात्रै पुगेका छन्, जसका कारण उपत्यकामा नियमित फोहोर उठ्न सकेको छैन । यसले गर्दा सहर/टोल दुर्गन्धित भएका छन् । सडक चोकमा थुपारिएका फोहोरले बाटो नै छेकिने स्थिति बनेको छ ।
यसरी हेर्दा काठमाडौंको फोहोरको समस्या विकराल देखिन्छ । तर, विज्ञहरू भने यो समस्याको सजिलो समाधान रहेको बताउँछन् । त्यो हो फोहोरको घरैमा वर्गीकरण । घरबाट निस्किने फोहोरलाई कुहिने (जैविक) र नकुहिने (अजैविक) फोहोर छुट्याएर छुट्टाछुट्टै राख्ने । कुहिने फोहोरलाई घरकै करेसाबारीमा मलका रूपमा प्रयोग गर्ने । नकुहिनेलाई मात्र सिसडोल पुर्‍याउने गरी नगरपालिकाको फोहोर उठाउने संयन्त्रलाई जिम्मा लगाउने ।


Saturday, July 14, 2018

Sanitation and Hygiene Expert-CARE Nepal (Based on Kathmandu)

[Vacancy]
Key responsibilities: 
The Sanitation and Hygiene Specialist is responsible for supporting design and implementation of hygiene and health promotion activities in conjuction with Earthquake Response and Recovery program team, the Consortium members and CARE’s implementing partners. S/he works under close supervision of WASH team leader to plan, implement and monitor the delivery of hygiene and health promotion activities in the earthquake affected communities of the project districts. 

Preferred Qualifications and Experience: 
Master’s degree in Civil/Sanitation/Water Engineering, Public Health, Environment or other related field with at least 3 years of experience in planning and implementing community based hygiene promotion activities and social behavior change communication preferably in development sector. 

Interested candidates are encouraged to obtain the detailed Job description from our website at www.carenepal.org and fill the Online Application Form. The last date for submitting the application is 17:00hrs, 17 July 2018. In addition to the Online Application form, please send an application and a recent CV to apply@care.org 

[FOR MORE...]

Monday, November 19, 2012

Thursday, April 5, 2012

Nepal: KMC to field 10,000 volunteers for 'Clean Kathmandu' Campaign


Niranjan Sharma, KATHMANDU, March 28
If all goes as planned by the Kathmandu Metropolitan City (KMC), the Capital city may soon wear a cleaner look. The metropolis is all set to boost public participation in keeping the city clean by introducing a campaign “Clean Kathmandu-Our Kathmandu.” The metropolitan city aims to deploy 10,000 volunteers every day for the week-long campaign beginning April 6 in the first phase. The entire metropolitan city area of 50.67 square km has been targeted for the drive. A 5-km radius of each side of the Bishnumati and Bagmati rivers will also be cleaned by volunteers with the help of excavators. Waste generated by hotels, hospitals, schools, colleges and households will be managed by the volunteers. They will further teach people on how to go about doing that.

Members of local clubs, NGOs, students, teachers, KMC and government officials from other sectors, entrepreneurs, political leaders, KMC’s clubs, civil society members and individuals will volunteer for the campaign from 6.30-10 in the mornings for seven days. The first of its kind, the campaign will focus on making people aware about provisions in the Solid Waste Management Act (SWMA)-2011, KMC’s Executive Chief Kedar Bahadur Adhikari said. According to the Act, one can be fined up to Rs 100,000 and handed down a three-year jail term if found polluting the environment. Adhikari said the KMC will provide the logistics and vehicles for the campaign, while the Ministry of Local Development will bear the other costs.

Officials said the drive will change the mindset of the people who think their duty is over once they dump the waste on the streets. They said it will help instill a sense of responsibility among the masses.
“The KMC will be monitoring the implementation of the Act for six months after the campaign and deploy volunteers to see to it that the practice of keeping the city clean becomes people’s habit,” KMC Chief Kedar Bahadur Adhikari said. “After the campaign, those littering the city streets will be booked as per the law.” The metropolis also said the second phase of the campaign will be begin on October 17 this year and end on Oct 1, 2013.

Source: E-Kantipur.com

Tuesday, March 1, 2011

खानेपानी पाउनै मुस्किल

खानेपानी पाउनै मुस्किल

दीपेन्द्र विष्ट/काठमाडौ, फाल्गुन १५ - बल्खु क्षेत्रमा खानेपानी नआएको १५ दिन भयो । स्थानीय अनिता श्रेष्ठ खान जारको पानी प्रयोग गरिरहेकी छन् । कपडा धुन ट्युबवेलको पानीले सघाएको छ । ज्ञानेश्वर क्षेत्रमा १३ दिनदेखि पानी आएको छैन । आठजना रहेको अञ्जली सुवेदीको घरमा दैनिक चार जार खानेपानी खपत भइरहेको छ । सरसफाइका लागि पानी नपाएको उनले गुनासो गरिन् । पुरानो बानेश्वर क्षेत्रमा पनि सत्र दिनदेखि पानी आएको छैन । स्थानीय सरु श्रेष्ठ बिहान ३ बजे ढुंगेधारामा पालो कुर्न जान्छिन् । पाँच दिन बिराएर पानी आउने धारा अहिले सुख्खाप्रायः छ । 'ढुंगेधारामा पनि भीडभाड हुन्छ,' उनले भनिन्, 'बेलैमा नगए पालो पाइन्न ।' शंखमूल क्षेत्रमा २० दिनदेखि पानी आएको छैन । 

यी घटना उपत्यकाको खानेपानी समस्याका उदाहरण हुन् । कि धारामा पानी आउँदैन, आउने ठाउँमा कहिले आउँछ ठेगान छैन । धारामा मात्रै भर पर्नेलाई यसले समस्यामा पारेको छ । ढुंगेधाराले केही राहत दिए पनि केही वर्षदेखि यी स्रोतहरू पनि सुक्दै गएका छन् । दिन प्रतिदिन पानीका स्रोतहरू सुक्दै गएपछि राजधानीवासीको जीवन थप कष्टकर बन्दै गएको बल्खुका ७० वषर्ीय निरञ्जन श्रेष्ठ बताउँछन् ।


उपत्यका खानेपानी लिमिटेडले विभिन्न क्षेत्र विभाजन गरी अहिले तीन, पाँच र सात दिनको फरकमा पानी वितरण गर्दै आएको छ । लोडसेडिङले गर्दा पनि पूरा समय पानी आपूर्ति हुन सकेको छैन । उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता सुरेशप्रसाद आचार्यले पुरानो वितरण प्रणाली र भौगोलिक विभाजनको कठिनाइले एउटै ठाउँमा पनि समानरूपले पानी वितरण गर्न नसकिएको बताए । गर्मी बढेपछि पानी उत्पादनको मात्रामा कमी आउने भन्दै उनले उपभोक्ता समस्यालाई समाधान गर्न बढी अभाव भएका ठाउँमा केही वैकल्पिक व्यवस्था गर्ने बताए । उपत्यकामा प्रत्येक वर्ष पाँचदेखि छ हजार नयाँ धाराहरू थपिन्छन् ।


वषर्ाद्मा दैनिक सोह्र करोड लिटर पानी वितरण गर्दै आएको  लिमिटेडले फागुनको सुरुवातसँगै बाह्र करोडमा झारिसकेको छ । वैशाख-जेठमा भूमिगत पानीका स्रोतबाटसमेत पानी उत्पादनमा कमी आउने भन्दै आचार्यले दैनिक नौ करोड लिटर पुग्ने बताए । 'समाधान गर्न गाह्रो छ, गर्मी सुरु भएपछि पानी समानरूपमा वितरण कसरी गर्ने भन्ने विषयमा चिन्ता बढेर आउँछ,' उनले भने ।


आयोजना कार्यान्वयन निर्देशनालयका उपनिर्देशक घनश्याम भट्टराईले पुरानो पानी वितरण प्रणालीले गर्दा समस्या आएको बताउँदै सुधारका लागि कार्य भइरहेको बताए । उनका अनुसार डेढ वर्षभित्र निश्चित क्षेत्रको पानी वितरण प्रणालीमा सुधार ल्याइनेछ ।  नयाँ बानेश्वर, शंखमूल र ललितपुरको कुसुन्ती क्षेत्रमा काम भइरहेको उनले बताए । वैज्ञानिक प्रणाली नअपनाएसम्म उपत्यकामा जतिसुकै पानीको आपूर्ति गरे पनि समानरूपमा वितरण गर्न नसकिने उनको भनाइ छ ।


'काम भइरहेको छ, सुधार हुन्छ,' उनले भने, 'मेलम्चीको पानी आउनुभन्दा अघि सबै नयाँ पाइप लाइनमा सुधार गरिसक्नुपर्छ, त्यसपछि उपभोक्तलाई राहत मिल्छ ।'