धार्मिक तथा सांस्कृतिक महत्व बोकेको जनकपुर सहर घुम्न आउनेहरुको पहिलो नजर फोहर मैलामा पर्ने गरेको छ । फोहर मैला व्यवस्थापन गर्न नसक्दा जनकपुरवासी राजनीतिज्ञ, बुद्धिजीवी, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायको शिर निहुरिने अवस्था बन्न थालेको छ । सहरवासी, बजार, पसल, होटल, लज, डेरावाला, स्थानीय बासिन्दा र व्यवसायीले प्लास्टिक, कागजका टुक्रा, फलफूल तरकारीका बोक्रालगायत अधिकांश फोहर सडक किनारा, चोक, गल्ली, फुटपाथ, ढल, नालीमा फाल्ने गरेका छन् ।
This portal is one-stop hub for all aspects of Environmental Health including Water, Sanitation, Hygiene, Waste, Air, Shelter, Environmental Epidemiology, Public Health Engineering, etc.
Showing posts with label Janakpur. Show all posts
Showing posts with label Janakpur. Show all posts
Monday, August 27, 2018
जनकपुरमा फोहोरैफोहोर
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको जनकपुर सहर घुम्न आउनेहरुको पहिलो नजर फोहर मैलामा पर्ने गरेको छ । फोहर मैला व्यवस्थापन गर्न नसक्दा जनकपुरवासी राजनीतिज्ञ, बुद्धिजीवी, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायको शिर निहुरिने अवस्था बन्न थालेको छ । सहरवासी, बजार, पसल, होटल, लज, डेरावाला, स्थानीय बासिन्दा र व्यवसायीले प्लास्टिक, कागजका टुक्रा, फलफूल तरकारीका बोक्रालगायत अधिकांश फोहर सडक किनारा, चोक, गल्ली, फुटपाथ, ढल, नालीमा फाल्ने गरेका छन् ।
Wednesday, August 8, 2018
प्रदेश राजधानीमा खुला शाैच : दुर्गन्धित बन्दै उपमहानगर
जनकपुरधाम : जनकपुर उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित लालकिशोर साहले कार्यभार सम्हालेको भोलिपल्टै नगरक्षेत्रका विभिन्न मठमन्दिरमा आफैंले कुचो लगाउन सुरु गरेका थिए। उनीसँगै वडाध्यक्षहरू र विभिन्न ओहदाका कर्मचारीसमेत साता दिनसम्म सडक र मन्दिर सफाइ गर्दै गरेका भेटिएका थिए। नगरप्रमुख साहले स्वच्छता र सफाइ आफ्नो प्रमुख प्राथमिकतामा रहेको दाबीसमेत गर्थे, उनको कुचो लगाएका तस्बिरहरू सामाजिक सञ्जालमा निकै चर्चित भएको थियो।
उनको सफाइ अभियान चलि रहँदा सोही बेला गठन भएको प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले समेत कुचो लगाउने कार्यलाई निरन्तरता दिए। प्रायः जानकी मन्दिर केन्द्रित यस्ता सफाइ अभियान अहिले आएर मात्र सस्तो लोकप्रियता बटुल्न केन्द्रित रहेको स्पष्ट भएको छ। स्वच्छता अभियानको नारा दिने प्रदेश र स्थानीय सरकारले हालसम्म प्रदेश राजधानीलाई स्वच्छ बनाउन कुनै पनि रणनीतिक योजना सार्वजनिक गर्न सकेका छैनन्। प्रदेश राजधानीसमेत खुला दिसामुक्त नहुँदा सर्वसाधारण खिन्न छन्।
Thursday, August 2, 2018
राजधानी सहर दुर्गन्धित
जनकपुर — फोहर व्यवस्थापन नहुँदा प्रदेश २ को राजधानी जनकपुर दुर्गन्धित बनेको छ । उपमहानगरपालिकाको फोहर मैला शाखाले सहरका विभिन्न बस्तीबाट थुपारिएको फोहर संकलन गरे पनि व्यवस्थित हुन सकेको छैन ।
धार्मिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्रका रूपमा स्थापित जनकपुर सहर घुम्न आउने स्वदेशी तथा विदेशी आगन्तुकको पहिलो नजर फोहर मैलामै पर्ने गरेको छ । अव्यवस्थित फोहर मैलाका कारण पर्यटकीय धार्मिक सहर जनकपुरको पहिचान नै फोहर मैलायुक्त सहरका रूपमा परिचित हुन थालेको छ । जनकपुर सहरका बासिन्दा र व्यवसायीले प्लास्टिक, कागजका टुक्रालगायत बजार, पसल, होटल, लज तथा निजी घरबाट उत्सर्जन हुने फोहर अधिकांश सडक किनारा, फुटपाथ, ढल, नालीमा फाल्ने गरेका छन् । ढल प्लास्टिकजन्य फोहोर भरिएका छन्। ढलमा बग्नुपर्ने पानी सडकमा बग्न गरेको छ । वर्षादका बेला घरआँगनमै दुर्गन्धसहितको कालो पानी बग्ने गरेको छ । त्यही पानी बगेर जनकपुरका स्वच्छ र पवित्र मानिएका तालपोखरीमा पुग्छ। दूषित पानीले तालतलाउ पोखरीमा रहेका माछा मर्ने गरेको जनकपुर मत्स्य विकास केन्द्रले जनाएको छ । फोहरमैलाको दुर्गन्धले सहरको जनस्वास्थ्य नराम्ररी प्रभावित भएको छ । कालो पानी र फोहरको दुर्गन्धले खाना अरुचि हुने, अमन, अपच र आलस्य हुने गरेको स्थानीयवासी बताउँछन् ।
[READ MORE...]
[READ MORE...]
Subscribe to:
Posts (Atom)