घेरबार नहुँदा शौचालय बन्यो विद्यालय |
बझाङ/ माघ १७ गते (February 1, 2011) सदरमुकाम चैनपुरको बीचमा रहेको बालमन्दिर निम्न माध्यमिक विद्यालय सर्वसाधारणको दिसापिसाब गर्ने शौचालय भएको छ । आठ कक्षासम्म पढाइ हुने यो विद्यालयमा उचित घेरबार नहुँदा सर्वसाधारणले दिसापिसाब गर्ने ठाउँको रुपमा प्रयोग गर्ने गरेका हुन् । चैनपुरमा सार्वजनिक शौचालय नभएकाले बजारमा विभिन्न कामको सिलसिलामा आउने व्यक्तिहरुले विद्यालय परिसरमै आएर दैनिक दिसापिसाब गर्ने गरेको विद्यालयका शिक्षक देवराज जोशीले बताउनुभयो । विद्यालय बजारको बीच भागमा तथा सुर्मादेवी मन्दिरसँगै जोडिएकाले मन्दिरमा बस्न आउने र वरिपरिका पसलेहरुले समेत विद्यालयलाई शौचालय बनाएको सो विद्यालयले जनाएको छ । २०३८ सालमा स्थापित यो विद्यालयलाई उचित घेरबारका लागि विभिन्न निकायमा पहल गरेको भए पनि कसैले सहयोग नगरेको विद्यालयकी प्रधानाध्यापक शर्मिला जोशीले बताउनुभयो । ूखुला भएपछि पढाइ भइरहेको समयमा पनि जोकोहीले सरासर आएर खुलमखुला रुपमा पिसाब फेर्ने गरेका छनू प्रअ जोशीले भनिन् ूविद्यालयको भित्तामा पिसाब तथा दिसा गर्नाले कक्षाकोठामा गन्ध आएर विद्यार्थी र शिक्षकले दैनिक नाक छोपेर पठनपाठन गर्नु परेको छ ।ू विद्यालयमा करिब चार सय छात्रछात्रा र दसजना शिक्षक कर्मचारी छन् । एक त विद्यालयको क्षेत्रफल पनि धेरै कम छ । त्यसैमा जथाभावी दिसापिसाब गरिदिनाले पूरै विद्यालयको वातावरणै दुर्गन्धित भएर शौचालयमा परिणत हुन पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताउनुभयो । विष्टले भन्नुभयो ूविद्यालयजस्तो पवित्र मन्दिरमा आएर दिसापिसाब नगर्न अनुरोध गरे पनि आउन छोड्दैनन् । चैनपुर बजारभित्र दुई÷चार ठाउँमा सार्वजनिक शौचालय बनाइदिए विद्यालयमा दिसापिसाब गर्न रोकिनेथियो ।ू कक्षामा पढाइ भइरहेको हुन्छ सरासर आएर कसैले नदेखेजस्तो गरी पिसाब फेरेर जान्छन् । त्यतिबेला शिक्षक तथा विद्यार्थीले लाजले टाउको निहुर् याउनेबाहेक अरु विकल्प नरहेको शिक्षक देवराज जोशीले बताउनुभयो । जोशीका अनुसार मुख्य रोडसँगै विद्यालय जोडिएको हुनाले केही महिनापहिले १२ हजारको लागतमा फलामे ढोका बनाएको भए पनि त्यो पनि विद्यालयमा दिसापिसाब गर्न आउनेहरुले चुँडाइदिएका छन् । विद्यालयको चारैतिर खुला भएपछि बिहान साँझ आएर दिसा गर्ने तथा दिउँसो पिसाब फेर्ने थलोको रुपमा विद्यालय प्रयोग हुने गरेको छ । विद्यालयसँग शौचालय दुईवटा रहेका भए पनि तिनको ढोका फुटाई जथाभावी दिसापिसाब गरेर पूरै भरिएर काम नलाग्ने अवस्थामा रहेको प्रअ जोशीले जानकारी दिइन् । स्रोत: गोरखा पत्र दैनिक |
This portal is one-stop hub for all aspects of Environmental Health including Water, Sanitation, Hygiene, Waste, Air, Shelter, Environmental Epidemiology, Public Health Engineering, etc.
Tuesday, February 1, 2011
घेरबार नहुँदा शौचालय बन्यो विद्यालय
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
You can add your voices here....