समस्या बन्दै विद्युतीय फोहर व्यवस्थापन
काठमाडौँ माघ १७ गते (Feb. 1, 2011) सहरीकरण भूमण्डलीकरण तथा मानिसको दिनचर्यामा आएको परिवर्तनसँगै नेपालमा समेत टीभी कम्प्युटर मोबाइललगायतका विद्युतीय उपकरणको प्रयोग उल्लेख्य मात्रामा रहेको पाइएको छ ।
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले सोमबार यहाँ आयोजना गरेको ुविद्युतीय फोहर व्यवस्थ्ाापनु विषयक कार्यशाला गोष्ठीमा सरोकारवालाहरुले विद्युतीय फोहरको उचित व्यवस्थापनका लागि सम्बन्धित निकायको अग्रसरतमा छिट्टै कानुन तर्जुमा गर्नुपर्ने आवश्यकता व्यक्त गरेका छन् ।
केन्द्रले सार्वजनिक गरेको एक अध्ययनका अनुसार सन् २०१२ सुरुमा नेपालमा अत्यधिक प्रयोग हुने विद्युतीय सामग्रीमध्ये टीभी कम्प्युटर र मोबाइलबाट भविष्यमा हुनसक्ने विद्युतीय फोहरको सम्भावित परिमाणमा टीभीबाट एक हजार २१२ टन कम्प्युटरबाट पाँच हजार ५९३ टन र मोबाइलबाट तीन हजार टन उत्पादन हुनेछ । सन् २०१० को अन्त्यसम्ममा मोबाइल फोनका प्रयोगकर्ता एक करोड रहेको जानकारी सो अवसरमा दिइयो ।
स्थानीय विकासमन्त्री पूर्णकुमार सेर्मा लिम्बूले जैविक फोहरको व्यवस्थापनमा समस्या रहेको र विकासको गतिसँगै विकासोन्मुख देशहरुमा विद्युतीय फोहरको मात्रा बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँले काठमाडौँ जस्ता सहरहरुमा विद्युतीय फोहरको समस्या देखिन लागेकाले सोसम्बन्धी नीतिनिर्माणका साथै निजी तथा सरकारी सङ्घसंस्थाहरुबाट विशेष पहल हुनु जरुरी देखिएको औँल्याउनुभयो । मन्त्री लिम्बूले उपत्यकालाई लक्षित गरेर फोहरमैलाको व्यवस्थापन एक वर्षअघि सुरु गरिएको भए पनि सो विषयमा कार्यान्वयनको प्रकि्रया अगाडि बढाउन नसकिएको स्वीकार्नुभयो ।
केन्द्रका कार्यकारी निर्देशक रामचरित्र साहले घर तथा कार्यालयबाट अन्य फोहरसँगै मिसिएर विद्युतीय फोहरको डम्पिङ हुने गरेको बताउँदै यही अनुपातमा विद्युतीय फोहर वृद्धि हुँदै जाने हो भने विद्युतीय फोहरले भविष्यमा भयावह रुप लिने बताउनुभयो । उहाँले नेपालमा हालसम्म विद्युतीय फोहरसम्बन्धी कुनै पनि कानुन बन्न नसक्नु सम्बन्धित मन्त्रालय तथा सरोकारवालाहरुको लापरबाही भएको उल्लेख गर्नुभयो । उहाँले ऊर्जा सङ्कट तथा वातावरणमैत्रीका नाममा सीएफएल चिमलाई बढावा दिने प्रवृत्ति तथा सीएफएल चिमको उचित व्यवस्थापनमा ध्यान नदिइँदा वातावरणमा लिड तथा मर्करीको खतरा बढेको जानकारी दिनुभयो ।
विद्युतीय फोहर विषयमा गरिएको प्रतिवेदन सार्वजनिक गर्दै जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक साहले सन् २०१२ सम्ममा विश्वभर ५३ मिलियन टन ई-वेस्ट उत्पादन हुने र नगरपालिकाहरुमा औसत आठ प्रतिशतका दरले विद्युतीय फोहर वृद्धि भइरहेको जानकारी दिनुभयो । उहाँले विद्युतीय फोहरमा २७ प्रतिशत हानिकारक पदार्थ हुने गरेको बताउनुभयो । निर्देशक साहले विद्युतीय फोहर व्यापार तथा ओसारपोसार महासन्धि ुवासेल सन्धिु मा नेपालले प्रतिबद्धता जनाएको भए पनि नेपालबाट ठूलो सङ्ख्यामा दिनहुँ विद्युतीय फोहर भारतमा निर्यात भइरहेको उल्लेख गर्नुभयो । निर्देशक साहले विद्युतीय फोहरको व्यवस्थापन र प्रशोधनको कार्य वातावरणमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
भारतको दिल्लीस्थित ट_िक्सस्् लिङ्क कम्पनीका कार्यक्रम अधिकृत प्रीति महेशले विश्वमा हाल वार्षिक रुपमा ५० मिलियन पाँच करोड टन उत्पादन हुने विद्युतीय सामग्री उपभोगमा आएको बताउनुभयो । विद्युतीय फोहर व्यवस्थापनका लागि कानुन निर्माणको प्रकि्रया अगाडि बढेको भन्दै उक्त फोहर व्यवस्थापनका लागि २० वटा अत्याधुनिक केन्द्र स्थापना गरिएको उहाँले बताउनुभयो । महेशले विद्युतीय फोहरको उचित व्यवस्थापनका लागि क्षेत्रीयस्तरमा समान प्रकृतिको कानुन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले विगतमा अपि्रुकन देशहरुमा विद्युतीय फोहर ओसारपोसार हुने गरेकोमा हाल एसियाका विकासोन्मुख देशहरुमा अवैध रुपमा ओसारपोसार हुने गरेको पाइएको बताउनुभयो ।
स्रोत: गोरखा पत्र दैनिक
काठमाडौँ माघ १७ गते (Feb. 1, 2011)
सहरीकरण भूमण्डलीकरण तथा मानिसको दिनचर्यामा आएको परिवर्तनसँगै नेपालमा समेत टीभी कम्प्युटर मोबाइललगायतका विद्युतीय उपकरणको प्रयोग उल्लेख्य मात्रामा रहेको पाइएको छ ।

No comments:
Post a Comment
You can add your voices here....