खानेपानीको मुहानमाथि 'मुर्दाघाट’ र सिनो
- कृष्ण ज्ञवाली
ललितपुर, फाल्गुन ३/16th February, 2011 -
काठमाडौं उपत्यका खानेपानी लिमिटेड -केयूकेएल) ले नख्खु खोलाको 'मुर्दाघाट' मुनि बाँध बाँधेर खानेपानी वितरण गरेको भेटिएको छ । सयौं वर्षदेखि स्थानीयले मृतकको दाहसंस्कार गर्ने र अस्तु फाल्ने टीकाभैरव घाटको पानी सुन्दरीघाटमा संकलन गरी केयूकेएलले बल्खु, चोभार, कीर्तिपुर, त्रिपुरेश्वर र आसपासका क्षेत्रमा वितरण गर्ने गरेको छ ।
जनस्वास्थ्य र सामाजिक दृष्टिले 'अनुपयुक्त' मानिएको पानी केयूकेएलले निर्धक्कसँग उपभोक्तालाई बाँडिरहेको हो । नख्खुमा बाँध निर्माण हुनुभन्दा धेरै पहिलेदेखि टीकाभैरवमा शवदाह हुने गरेको स्थानीय बताउँछन् । टीकाभैरवमा घाट छ भन्ने जान्दाजान्दै तल खानेपानीको बाँध निर्माण गरेर केयूकेएलले लापरबाही गरेको उनीहरूको भनाइ छ । लेले, नल्लु र बुरुङचुली खोला मिसिने टीकाभैरव मन्दिर छेवैमा मुर्दाघाटमा सदियांैदेखि दाहसंस्कार गर्ने चलन रहेको स्थानीय रामप्रसाद बजगाईंले बताए । 'अहिले बनाएको घाट होइन,' उनले प्रश्न गरेे, 'माथिपट्ट िवषौर्ं पुरानो घाट छ भन्ने जान्दाजान्दै खानेपानी संस्थानले उपभोक्तालाई घाटमुनिको पानी किन ख्वायो ?'
टीकाभैरव मन्दिरको वारि र पारिपट्ट िदुईवटा घाट छन् । दाहसंस्कारपछि दाउराको गोल पानीमै बगाइन्छ । अन्तिम संस्कारपछिको अस्तु -शवको अवशेष) पवित्र तीन नदीको संगम मानिने टीकाभैरव घाटमा फाल्ने चलन छ । मृतकले प्रयोग गरेका कपडासमेत खोलामै बगाइन्छ । खोला वारि र पारिपट्ट िरहेको घाटमा अहिले पनि गोल र कंकाल भेटिन्छन् । टीकाभैरवसम्म 'नल्लु' भनिने यो खोलालाई तलपट्ट ि'नख्खु' भन्ने चलन छ । टीकाभैरव मन्दिरसँगै रहेको घाटको करिब १३ किलोमिटर तल केयूकेएलले खानेपानीको बाँध बनाएको छ ।
टीकाभैरवका व्यवसायी कृष्णमान महर्जनले पवित्र त्रिवेणीघाट मानिने टीकाभैरवका तीन खोला विस्तारै प्रदूषित हुँदै गएको बताए । 'नल्लुमा ढुंगाखानीका कारण पानी धमिलो आँउछ,' उनले भने, 'नयाँ घर बढ्दै जाँदा लेले र बुरुङचुली खोला झनै फोहोर भएको छ ।' टीकाभैरवकै एक स्थानीयका अनुसार केही वर्षयता नयाँ घर निर्माणका क्रममा मलमूत्रको ढल खोलामा फाल्ने चलन बढेको छ । केही मासु व्यवसायीले पसलको फोहोर र लादी सीधै खोलामा फाल्ने गरेको उनीहरूले बताए । लापरबाहीका कारण प्रदूषण बढ्दै गए पनि कसैले वास्ता नगरेको स्थानीयको गुनासो छ । 'कहिल्यै बाँधमा नडुल्ने खानेपानीका कर्मचारीलाई टीकाभैरव कता हो, थाहा छैन,' नाम उल्लेख गर्न डराएका ती स्थानीयले भने, 'कि खोलामा फोहोर फाल्न रोक्नुपर्छ, कि बस्तीमाथिबाट खानेपानी लैजानुपर्छ ।'
खानेपानीको मुहानमा बंगुरफार्मको मलमूत्र मिसिएको भेटिएपछि प्रहरीले बाँधस्थलमा सफाइ गर्नुका साथै फार्म हटाउन निर्देशन दिएको छ । प्रहरीले सोमबार बाँध वरपरको दुई सय मिटर क्षेत्रमा सरसफाइ पनि गरेको थियो ।

No comments:
Post a Comment
You can add your voices here....