काठमाडौँ — १३ वर्षदेखि काठमाडौं उपत्यकाको फोहोर फालिएको नुवाकोटको सिसडोल ल्यान्डफिल साइट भरिएको छ । वैकल्पिक स्थान बञ्चरेडाँडामा पूर्वाधार तयार छैन । वर्षाका बेला फोहोरको पहाडमा पैरो जाने स्थिति छ । फोहोर बोकेका गाडी पुग्ने बाटो भत्किएको छ ।
फोहोर बोकेर दैनिक तीन टिप टिपरहरू सिसडोल पुग्ने गरेकामा अहिले एक टिप मात्रै पुगेका छन्, जसका कारण उपत्यकामा नियमित फोहोर उठ्न सकेको छैन । यसले गर्दा सहर/टोल दुर्गन्धित भएका छन् । सडक चोकमा थुपारिएका फोहोरले बाटो नै छेकिने स्थिति बनेको छ ।
यसरी हेर्दा काठमाडौंको फोहोरको समस्या विकराल देखिन्छ । तर, विज्ञहरू भने यो समस्याको सजिलो समाधान रहेको बताउँछन् । त्यो हो फोहोरको घरैमा वर्गीकरण । घरबाट निस्किने फोहोरलाई कुहिने (जैविक) र नकुहिने (अजैविक) फोहोर छुट्याएर छुट्टाछुट्टै राख्ने । कुहिने फोहोरलाई घरकै करेसाबारीमा मलका रूपमा प्रयोग गर्ने । नकुहिनेलाई मात्र सिसडोल पुर्याउने गरी नगरपालिकाको फोहोर उठाउने संयन्त्रलाई जिम्मा लगाउने ।
No comments:
Post a Comment
You can add your voices here....