Monday, January 2, 2012

शौचालय बनाउन सिडिओ गाउँगाउँमा


१४ पुस, काठमाण्डौ ।
डडेलधुराको आशिग्राम गाविसमा प्रमुख जिल्ला अघिकारी घर घरमै डुलिरहेका छन् । अमरगढी नगरपालिसँगै जोडिएको यो गाविसमा ठूला बिकाश निर्माण र सुरक्षा हैन शौचालय बनाउन प्रेरित गर्ने उदेश्यले प्रजिअ टोलटोल र घरघरमा डुलिरहेका छन् ।
यो गाविसलाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियान अन्र्तगत ८० प्रतिशत घरमा शौचालय बनिसकेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने जिल्लाका कार्यालय प्रमुखहरुको टोली लिएर वस्ती बस्ती पुग्छन, स्थानीयवासीसँग कुराकानी गर्छन र शौचालय बनाउन प्रेरित गर्छन् ।
डिभिजन कार्यालय र गाविसको आग्रहमा अनुगमन गर्न आएको हुँ-लामिछानेले भने । उनका अनुसार शौचालय बनाउन दर्जनभन्दा बढि संस्थाले सहयोग गरिरहेका छन् । ‘सिडिओ घर घरमै पुगेपछि लाजले पनि बनाउनुपर्‍यो- स्थानीय भोजराज भट्टले भने ।
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पुख्र्यौली घर भएको उक्त गाउँलाई चैतभित्र खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारी भइरहेको बिहीवारको नागरिक दैनिकले छापेको छ ।

स्रोत: ओनलाइन खबर.कम (http://onlinekhabar.com/2011/12/114524.html#.Tvvf_fYSxyc.facebook)

1 comment:

You can add your voices here....