केशव शर्मा / डा. गोविन्द कार्की
काठमाडौँ उपत्यकाको बढ्दो अनियन्त्रित सहरीकरणका कारण भूकम्पीय तथा आगोलागीको जोखिम, नदीनालाहरूको अतिक्रमण, डुबान तथा फोहोरमैलाको समस्या आदि चर्चा धेरै हुने गरे तापनि उच्च दोहन तथा न्यून मात्रामा पानी पुनःभरणको कारणले गर्दा भूमिगत पानीको मात्रा घट्दो छ, जसको वातावरणीय असर त छँदै छ अन्य जोखिम पनि निम्तिने खतरा बढेको छ।
काठमाडौँ उपत्यकाको प्रमुख सहरी क्षेत्रभन्दा बाहिर रहेको र भूमिगत पानी पुनःभरणका लागि राम्रो मानिएको मूलपानीमा समेत सन् २००१ र २०१३ मा खनिएको डिपवेलले पानीको सतह घटेको पाइएको थियो । सन् २००१ मा जमिनबाट ३३.३ मिटर मात्रै गहिरो थियो, जबकि सन् २०१३ मा करिब ३६ मिटर पुगेको देखियो ।त्यस्तै टौदह, कीर्तिपुरमा सन् २००१ मा करिब ७.९५ मिटरमुनि पानीको सतह भेटिएकामा २०१४ मा त्यो सतह १०.३४ मिटर तल पुगेको पाइएको थियो । त्यस्तै लुभू, ललितपुरमा २००१ मा ३०.११ मिटर गहिराइमा पानी भेटिएकामा २०१४ मा ४० मिटर तल पुग्यो । ३० वर्षअघि ८ देखि १० मिटर खन्दा भेटिने पानीको स्रोत अहिले ४०–५० मिटरसम्म खन्दासमेत पाउन कठिन छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल) ले सञ्चालन गरेको ट्युबेलबाट केही वर्ष अघिसम्म प्रतिमिनेट हजार लिटर पानी आउँथ्यो, अहिले ७०० लिटर आउँछ । राणाकालसम्म पनि उपत्यकाको खानेपानी भूमिगत स्रोतमा निर्भर थियो । त्यतिबेला ढुंगेधारा र इनारमा जमिनमुनिको स्रोतबाट अटुट पानी आउँथ्यो । अहिले काठमाडौँमा रहेका करिब ३९० ढुंगेधारा रहेकामा १६० ढुंगेधारा सुकिसकेका छन् । साथै परम्परादेखिका इनारहरू सुकिसकेका छन्।
[FOR MORE...]

No comments:
Post a Comment
You can add your voices here....