Wednesday, August 1, 2018

डिजेल र पेट्रोल हाल्दा इलाम नगरपालिकालाई प्रतिलिटर ५० पैसा कर तिर्नुपर्ने

इलाम : इलाम नगरपालिकाले इलाममा डिजेल र पेट्रोल हाल्ने उपभोक्ताबाट प्रतिलिटर ५० पैसा कर उठाउन थालेको छ । पछिल्लोपटक हिजो सोमबार नगरपालिकाले नेपाल आयल निगमलाई पत्र लेखेर त्यस्तो कर लिइने भएकोले सहयोग गरिदिन भनेर अनुरोध गरेको छ ।

इलाम नगरपालिकाको आर्थिक ब्यवस्थापन ऐन, २०७५ मा प्रतिलिटर एक रुपैयाँ इन्धनमा कर लिने ब्यवस्था गरिएको भएपनि हाललाई ५० पैसा मात्र उठाउने निर्णय गरिएको उक्त पत्रमा जनाइएको छ । नगरपालिकाले डिजेल र पेट्रोलमा लिइने शुल्कलाई प्रदुषण नियन्त्रण शुल्क भनेको छ । गएको असार ३१ गतेको नगर प्रमुखको सचिवालयमा भएको छलफलबाट ५० पैसा प्रदुषण नियन्त्रण शुल्क लिने भनिएको हो ।

No comments:

Post a Comment

You can add your voices here....