Thursday, August 23, 2018

यी हुन् बर्खामा देखिने रोग, कसरी जोगिने ?


काठमाडौं । वर्षात्को समयमा पानीजन्य सरुवा रोगको जोखिम बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । विशेषगरी बर्खामा झाडापखाला, टाइफाइड र जण्डिस रोगको जोखिम बढी हुने गर्छ ।

झाडापखाला, जन्डिस, आउँ, हैजा, टाईफाईड तथा जन्डिसका बिरामीको संख्या बढी रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । उनले भने, “पानीजन्य रोगहरु झाडापखाला, आउँ, हैजा, टाईफाईड र जन्डिस रोग बर्खाको समयमा बढी देखिन्छ ।” टेकु अस्पतालमा गएको वैशाखदेखि साउनसम्ममा १ सय ६१ जना पानीजन्य रोगका बिरामी आएको बताइएको छ । यसमा पनि महिला बढी छन् ।

पानीजन्य रोगको संक्रमण फैलनबाट जोगिनका लागि विशेष गरी आफ्नो दैनिकी र रहनसहनलाई ख्याल गर्नुपर्ने र खानपानमा विशेष सावधानी अपनाउनु पर्ने डा. पुन बताउँछन् । अहिले पानी शुद्धतामा निकै समस्या देखिएकाले विशेष ख्याल गर्नुपर्ने र खानेकुरामा सावधानी अपनाउनु पर्ने चिकित्सकको सुझाव छ ।  पानीको शुद्धतामा घरबाहिर मात्र होइन, घरभित्र पनि विशेष सावधानी अपनाउनु पर्ने डा. पुन बताउँछन् । “घरभित्रको पानी त हो नि भनेर विश्वास गर्दा समस्या आउन सक्छ । मौसमी रोगको संक्रमण धेरै हदसम्म हाम्रै रहनसहनका कारण हुने भएकाले आफूले अलिकति ध्यान दिएमा धेरै रोगको जोखिमबाट बच्न सकिन्छ,” उनले भने ।

No comments:

Post a Comment

You can add your voices here....