Tuesday, August 28, 2018

वायु प्रदूषण वौद्धिक क्षमताका लागि हानिकारक

वायु प्रदुषणले वौद्धिक क्षमतामा ह्रास ल्याउने एक अध्ययनले देखाएको छ। अमेरिकी जर्नल नेसनले एकेडेमी अफ साइन्सले सोमबार प्रकाशित गरेको अमेरिका तथा चीनको संयुक्त अध्ययनमा वायु प्रदूषण वौद्धिक क्षमताका लागि हानिकारक भनिएको छ।

अनुसन्धानकर्ताले चीनका २० हजार व्यक्तिमा चार वर्ष गरेको यस अनुसन्धानले वायु प्रदूषणका कारण मानिसहरु गणितीय क्षमता तथा बोल्ने क्षमतामा ह्रास आएको देखाएको बीबीसीले जनाएको छ। अध्ययन अनुसार उमेर बढेसँगै वायु प्रदूषणको प्रभावले मानिसमा वौद्धिक क्षमतामा कमी हुँदै जान्छ।
अध्ययनमा भनिएको छ, ‘वायु प्रदूषणले विशेषगरी पुरुष, अशिक्षित व्यक्ति, वृद्ध व्यक्तिको वौद्धिक क्षमतामा ह्रास पु¥याएको प्रमाण छ।’ मुख्यगरी वायु प्रदूषणले मस्तिस्कसम्बन्धी रोग डिमेन्सिया, अल्जाइमरलाई निम्ताउन सक्छ।

No comments:

Post a Comment

You can add your voices here....