Saturday, September 29, 2018

कपिलवस्तुको बुद्धभुमीमा खानेपानीको हाहाकार, १ सय २५ बढी परिवार मर्कामा

कपिलवस्तु, १० असोज । एक सातादेखि नलमा पानी आउन छाडेपछि कपिलवस्तुको बुद्धभुमी नगरपालिका– १० स्थित ३ गाउमा खानेपानीका हाहाकार भएको छ । पानी आउन छाडेपछि तीन गाउँका सय १ सय २५ बढी परिवार मर्कामा परहेका छन । उनीहरु गाउ नजिकै रहेको पोखरीको पानी खान बाध्य छन ।

कपिलबस्तुको देउपुरा, लोहरौली र लोहरौलीको नया बस्ती टोल अहिले पानीको चरम अभाव छ । सोही वडाको गाउ नजिकै भुमीगत सिंचाई योजना दाङ्ग घोराहीले ठुलो बोरिङ जडान गरेपछि सोनु ईट्टा उद्योगले ठुलो बोरिङबाट पानी निकाले पछि गाउमा रहेको नलमा पानी आउन छाडेको गाउलेहरु बताउँछन ।
एक साता यता नलमा पानी नआउदा पिउने पानीको समेत अभाव भएको दुःखेसो पाखे । २ सय ३ फिट गहिरो पाइपको पानी खाँदै आएका केलशा केवटले जोडले नल चलाउदा आफनो नल भाच्चिएको बताए । पानी कै अभावले तरकारी खेतीमा सिचाई समेत गर्न नपाएकोले हुर्किएका बिरुवा पहेलो भएका उनले गुनासो गरे । सोनु ईटा उद्योगको छेवमा रहेको ठुलो बोरिङ दिनरात चलाउदा गाउका नलको मुहान सुकेको बताए ।

No comments:

Post a Comment

You can add your voices here....