Monday, August 27, 2018

जनकपुरमा फोहोरैफोहोर










जनकपुर — यतिबेला जनकपुर सहरको फोहरमैला व्यवस्थापन र सरसफाइको विषय जनकपुरधाम उपमहानगरपालिकाको निम्ति मात्र होइन, प्रदेश सरकार र सङ्घीय सरकारलाई समेत चुनौती बनेको छ । वर्षेनी लाखौं स्वदेशी तथा विदेशी पर्यटक आउने जनकपुरधामको मुख्यबजार, चोक, गल्ली, ढल, सडक किनारा, फुटपाथ, जताततै फोहरका डङ्गुर छन् ।


धार्मिक तथा सांस्कृतिक महत्व बोकेको जनकपुर सहर घुम्न आउनेहरुको पहिलो नजर फोहर मैलामा पर्ने गरेको छ । फोहर मैला व्यवस्थापन गर्न नसक्दा जनकपुरवासी राजनीतिज्ञ, बुद्धिजीवी, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायको शिर निहुरिने अवस्था बन्न थालेको छ । सहरवासी, बजार, पसल, होटल, लज, डेरावाला, स्थानीय बासिन्दा र व्यवसायीले प्लास्टिक, कागजका टुक्रा, फलफूल तरकारीका बोक्रालगायत अधिकांश फोहर सडक किनारा, चोक, गल्ली, फुटपाथ, ढल, नालीमा फाल्ने गरेका छन् ।

No comments:

Post a Comment

You can add your voices here....