Wednesday, August 8, 2018

प्रदेश राजधानीमा खुला शाैच : दुर्गन्धित बन्दै उपमहानगर

जनकपुरधाम : जनकपुर उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित लालकिशोर साहले कार्यभार सम्हालेको भोलिपल्टै नगरक्षेत्रका विभिन्न मठमन्दिरमा आफैंले कुचो लगाउन सुरु गरेका थिए। उनीसँगै वडाध्यक्षहरू र विभिन्न ओहदाका कर्मचारीसमेत साता दिनसम्म सडक र मन्दिर सफाइ गर्दै गरेका भेटिएका थिए। नगरप्रमुख साहले स्वच्छता र सफाइ आफ्नो प्रमुख प्राथमिकतामा रहेको दाबीसमेत गर्थे, उनको कुचो लगाएका तस्बिरहरू सामाजिक सञ्जालमा निकै चर्चित भएको थियो।

उनको सफाइ अभियान चलि रहँदा सोही बेला गठन भएको प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले समेत कुचो लगाउने कार्यलाई निरन्तरता दिए। प्रायः जानकी मन्दिर केन्द्रित यस्ता सफाइ अभियान अहिले आएर मात्र सस्तो लोकप्रियता बटुल्न केन्द्रित रहेको स्पष्ट भएको छ। स्वच्छता अभियानको नारा दिने प्रदेश र स्थानीय सरकारले हालसम्म प्रदेश राजधानीलाई स्वच्छ बनाउन कुनै पनि रणनीतिक योजना सार्वजनिक गर्न सकेका छैनन्। प्रदेश राजधानीसमेत खुला दिसामुक्त नहुँदा सर्वसाधारण खिन्न छन्।


No comments:

Post a Comment

You can add your voices here....