Wednesday, August 8, 2018

जतुवाको घरघरमा पाइपबाट ग्यास

मोरङ — प्रधानमन्त्री केपी ओलीले अघिल्लो कार्यकालमा घरघरमा पाइपबाट ग्यास बाँडिने भाषण गरेपछि धेरैले हाँसोमा उडाए । भारतले नाकाबन्दी गरेर गयाँसको अभाव भइरहेको बेला उनको यो भनाई पत्याउनेको संख्या कमै थिए । तर, विराटनगर महानगरको जतुवामा भने स्थानीयस्तरमा पाइपबाट भान्छामै आइपुगेको ग्यासबाट खाना पाक्न सुरु भएको छ। गौशालाबाट पाइपमार्फत लगिएको ग्यासले जतुवा आसपासका घरमा खाना पाक्न थालेको हो।

तर, यो पाइपबाट भान्छामा ग्यास लैजाने काम भने सरकारले होइन, विराटनगर १४ जतुवास्थित श्रीकृष्ण गौसेवा सदनले गरेको हो। सदनमा पालेको गाईको मलबाट बनेको बायो ग्यास प्लाण्टले घरघरमा पुर्याएको हो। आइतबार रातीदेखि पाइपमा आइको ग्यासबाट खाना पाक्न थालेको छ। 'आश्चर्य र खुशी लागेको छ,’ स्थानीय रीनादेवी मिश्रले भनिन्, ‘बायो ग्यासमा पकाएको खाना एलपी ग्यासमाभन्दा मिठो र छिटो पाक्दोरहेछ।’ उनले अब सिलिण्डर बिस्फोट भएर दुर्घटना हुने डर नरहेको बताइन्।

No comments:

Post a Comment

You can add your voices here....