Friday, August 3, 2018

नगरले उठाउन छाड्यो फोहोर

लहान : सिरहाको लहान नगरपालिकामा क्षेत्रभित्र पर्ने पूर्वपश्चिम लोकमार्गको फोहर उठाउन नगरपालिकाले छाडेपछि दिनदिनै बजार दुर्गन्धित बन्दै गएको छ । लोकमार्ग क्षेत्रभित्र पर्ने बजारमा अतिक्रमित सडक खाली गराउने विषयमा सडक डिभिजन कार्यालयसँग मतभेद हुँदा नगरले वर्षौंदेखि उठाउँदै आएको फोहर एक सातादेखि सडकमै अलपत्र छ । सडक डिभिजन कार्यालय लहानले सडक क्षेत्रको ८२ फिटभित्र अतिक्रमण गरी बनाइएका टहराहरू खाली गराउन नगरपालिकासँग सहयोग मागेका थियो । तर नगरपालिकाले १ सय ३ फुट सडक बढाएर खाली गराउने माग गरेपछि मतभेद सुरु भएको थियो ।

No comments:

Post a Comment

You can add your voices here....