Tuesday, September 25, 2018

कबाड बटुलेर कलेज खर्च

अचेल सहरमा भाले बास्दैन । भालेको डाकसँगै पूर्व क्षितिजमा रातो डोरो पनि बस्दैन । ‘कबाडीवाला’ले लिएर आउँछन् बिहान । यस्तो लाग्छ– काठमाडौँ सहरका गल्लीहरूमा घाम पस्दैनन्, तर कबाडीवाला पस्छन् ।
‘खाली सिसी... पुराना कागज.... फलाम....’ एकाबिहानै कबाडीवालाका यी आवाज सुन्दै ब्युँझन्थिन् गौरी तिमल्सिना । तिनै कबाडीवालालाई ‘पुराना’ कापी किताब थमाएर थुप्रै पटक खुसी साटेकी छिन् गौरीले । कापी–कलम किन्ने पैसा जोहो गरेकी छन् ।
तर, समय स्थिर कहाँ रहिरन्छ र ! बदलियो । अहिले तिनै कबाडीवालाझैँ खाली सिसी, पुराना कापीकिताब, फलामका टुक्राटाक्रीमा जीवनका रङ खोजिरहेकी छन् उनी । सहरका गल्लीगल्लीमा साइकल डोर्याउँदै कबाडी सामान बटुलेर  जिन्दगीको सपना संगालिइरहेकी छिन् गौरी ।
गएको हप्ताकोमात्रै कुरा हो, गौरी एकाएक सामाजिक सञ्जालमा ‘भाइरल’ बनिन् । काँडाघारीचोकमा कबाडी सामग्री राखेर साइकल डोहोर्याउँदै गरेको तस्बिर बाटो हिँड्दै गरेकी गरिमा घिमिरेले खिचिन् । सरगम भट्टराईले त्यसलाई सामाजिक सञ्जालमा हाले । वायुवेगमा फैलियो । प्रतिक्रियाको ओइरो लाग्यो । स्थानीय गान्धी आदर्श मावि, गोठाटारमा कक्षा १२ मा पढ्ने गौरी सामान्य किशोरी थिइन् । एकाएक ‘सेलिब्रिटी’ बनिन् ।

[READ MORE...]

No comments:

Post a Comment

You can add your voices here....