Monday, September 24, 2018

नगरको फोहोर बटुल्दै युवा

ताप्लेजुङ : फुङलिङ बजारका घर सफा र चिरिच्याट्ट छन् । तर त्यही घर अगाडिको सडक र खाली ठाउँ भने फहोरको थुप्रोले भरिएका र दुर्गन्धित छन् । स्थानीय र यात्रुले जथाभावी फोहोर फाल्दा बजारको शोभा नै हराएको छ । अहिले यही बजार क्षेत्र सरसफाइ गर्न युवाहरू अभियानै बनाएर जुटेका छन् ।

समयको सदुपयोग गर्दै सदरमुकाम फुङलिङका युवा बजार क्षेत्र सुन्दर बनाउन लागिपरेका हुन् । ‘सोसियल युथ गाइज’ नामक समूह बनाएर संस्थागत रूपमै युवाहरूले नगर सरसफाइ अभियानको सरुवात गरेका हुन् । ‘सुन्दर फुङलिङ नगर’ नारा दिएर प्रत्येक महिनाको १ दिन नगर सरसफाइ अभियानको थालनी गरिएको गाइजका सचिव लीलाराज पौडेलले बताए । ‘कति सधैं अरूले गरेनन् मात्र भनेर अर्काकै मुख मात्र ताकेर बस्ने ? ’, पौडेलले भने, ‘आफू बसेको ठाउँ सफा सुन्दर बनाउने दायित्व हाम्रै हो भनेर सुरु गरेका हौं ।’

No comments:

Post a Comment

You can add your voices here....