Tuesday, August 21, 2018

प्रदूषण मापदण्ड नै नभएको मोटरसइकल नेपालमा

काठमाडौं - मुलुकमा सवारीसाधन आयात गर्दा नेपाल सवारी प्रदूषण मापदण्ड २०६९ (यूरो थ्री समानस्तर) पूरा गरेको हुनुपर्ने प्रावधान छ । तर बंगलादेशको मोटरसाइकल 'रनर'को भने कुनै प्रदूषणस्तर नै नभएको खुलेको छ । कारोबारले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

बंगलादेश सरकारले हालसम्म प्रदूषण मापदण्ड नै कायम नगरेकाले यसको गुणस्तरका सम्बन्धमा प्रश्न उठेको हो । प्रदूषण मापदण्ड नै नभएको देशमा बनेको मोटरसाइकल यूरो थ्री स्तरको मापदण्ड लागू भएको नेपालमा भित्र्याइ बिक्री गरेको तथ्य फेला परेको छ । 


No comments:

Post a Comment

You can add your voices here....