Tuesday, August 21, 2018

फोहोर बेचेर गुजारा

काठमाडौँ — फोहोर बोकेका टिपरहरू नुवाकोटको सिसडोल पुग्नेबित्तिकै फोहोरमाथि मजदुरहरूको हारालुछ चल्छ । राजधानी काठमाडौंबाट फालिएको फोहोर बेचेर मजदुरहरूले गुजारा चलाइरहेका छन् भन्दा अनौठो लाग्न सक्छ । त्यही फोहोर व्यवस्थापन गर्न नसक्दा राजधानी बर्सेनि दुर्गन्धित बन्छ । यस्तैमध्येका एक हुन् काभ्रेका चश्मे तामाङ । उनले फोहोर बेचेर ‘मोहोर’ कमाउँदै आएका छन् । १५ वर्षदेखि उनले फोहोरमा फालिएका फोहोर टिपेर बिक्री गर्छन् । त्यही कमाइले ओखरपौवामा डेरा गरेर ४ जनाको परिवार पालेका छन् ।

सार्वजनिक स्थल, घर र कोठाबाट निस्केका सबै खालका फोहोर सिधै डम्पिङ साइटमा मिल्काउने अधिकांशको चलन छ । महत्त्व नबुझ्दा कतिपय मूल्यवान् कसिंगार पनि फोहोरका रूपमा खेर गएका सिसडोलमा भेटिएका मजुदरहरू बताउँछन् । त्यसो त अधिकांश फोहोर पुन: प्रयोग गर्न सक्ने खालका हुन्छन् । महत्त्व बुझेर होला । टिपर चलाउने जागिर छाडेर कतिपय चालकसमेत पुन: प्रयोग गर्न सकिने फोहोर टिप्न थालेका छन् । महँगो/महँगो फोहोर टिप्न तँछाडमछाड हुने गरेको चश्मेले सुनाए । ‘८ रुपैयाँदेखि ५ सय रुपैयाँ किलो पर्ने फोहोर आउँछ,’ उनले भने, ‘त्यही फोहोर बेचेर परिवार पाल्ने हामी धेरै जना छौं ।’ टिपरले फोहोर खन्याएपछि ल्यान्डफिल साइटमा डोजरले मिलाउने काम गर्छ । त्यही मौकामा ३ सयभन्दा बढी मजदुरले बिक्री हुने फोहोर छानीछानी बटुल्छन् ।

No comments:

Post a Comment

You can add your voices here....