Thursday, August 23, 2018

यी हुन् बर्खामा देखिने रोग, कसरी जोगिने ?


काठमाडौं वर्षात्को समयमा पानीजन्य सरुवा रोगको जोखिम बढ्दै गएको चिकित्सकहरुले बताएका छन् विशेषगरी बर्खामा झाडापखाला, टाइफाइड जण्डिस रोगको जोखिम बढी हुने गर्छ

झाडापखाला, जन्डिस, आउँ, हैजा, टाईफाईड तथा जन्डिसका बिरामीको संख्या बढी रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका विशेषज्ञ डा. शेरबहादुर पुनले बताए उनले भने, “पानीजन्य रोगहरु झाडापखाला, आउँ, हैजा, टाईफाईड जन्डिस रोग बर्खाको समयमा बढी देखिन्छ टेकु अस्पतालमा गएको वैशाखदेखि साउनसम्ममा सय ६१ जना पानीजन्य रोगका बिरामी आएको बताइएको यसमा पनि महिला बढी छन्

पानीजन्य रोगको संक्रमण फैलनबाट जोगिनका लागि विशेष गरी आफ्नो दैनिकी रहनसहनलाई ख्याल गर्नुपर्ने खानपानमा विशेष सावधानी अपनाउनु पर्ने डा. पुन बताउँछन् अहिले पानी शुद्धतामा निकै समस्या देखिएकाले विशेष ख्याल गर्नुपर्ने खानेकुरामा सावधानी अपनाउनु पर्ने चिकित्सकको सुझाव   पानीको शुद्धतामा घरबाहिर मात्र होइन, घरभित्र पनि विशेष सावधानी अपनाउनु पर्ने डा. पुन बताउँछन् घरभित्रको पानी हो नि भनेर विश्वास गर्दा समस्या आउन सक्छ मौसमी रोगको संक्रमण धेरै हदसम्म हाम्रै रहनसहनका कारण हुने भएकाले आफूले अलिकति ध्यान दिएमा धेरै रोगको जोखिमबाट बच्न सकिन्छ,” उनले भने

No comments:

Post a Comment

You can add your voices here....