Friday, August 17, 2018

रजस्वला हुँदा छुवाछुत गर्नेलाई ३ महिना कैद

दुई वर्षअघि अछाम गाज्रा–७ की १५ वर्षीय रोशनी तिरुवाको छाउपडी गोठमै मृत्यु भयो। रजस्वला भएर गोठमा सुतेकी उनी बिहान उठ्दै उठिनन्।। जाडोयाम थियो। गोठमा आगो बालेर उनी सुतेकी थिइन्। हावा ओहोरदोहर गर्ने कुनै झ्याल नभएको उक्त गोठभित्र धूँवाले निस्सासिएर रोशनीको मृत्यु भएको प्रहरीले जनाएको थियो।

२०७३ साल मंसिर ३ गते अछामकै तिमिल्सेन गाविसकी डम्बरा उपाध्याय बिहान छाउगोठमा मृत फेला परिन्। गएको पुसमा पनि अछामको तुर्माखाँद गाउँपालिका, भैरवस्थानकी २२ वर्षीया गौरी बूढाको पनि छाउगोठमै मृत्यु भयो। यी तीनै मृत्युका खबर मिडियामा समाचार बने। तर उनीहरूको मृत्युमा कोही दोषी भएन।


No comments:

Post a Comment

You can add your voices here....