Saturday, September 22, 2018

दूध स्वच्छताका लागि नयाँ मापदण्ड

काठमाडौं - न्यून गुणस्तरको दूध बिक्री गरेर उपभोक्ता ठगिएको गुनासो आएपछि सरकारले दूधको नयाँ मापदण्ड तयार गरेको छ। दूध उत्पादनदेखि बिक्रीसम्म व्यवस्थित बनाउन दूध तथा दुग्ध पदार्थमा स्वच्छता एवं गुणस्तर सम्बन्धी निर्देशिका, २०७५ तयार गरेको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशिकाको मस्यौदा तयार गरेर कृषि तथा पशुपक्षी मन्त्रालयमा पेस गरेको छ । उत्पादनदेखि उपभोक्तासम्म दूधको मापदण्ड तोकेर सुधारको प्रयास सुरु गरेको विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले बताए । ‘किसानदेखि बिक्रेतासम्म सबैको दायित्व तोकेका छौं,’ कर्णले भने, ‘निर्देशिका पास भएर कार्यान्वयनमा आएपछि दूध बजार व्यवस्थित हुन्छ।’केही समयअघि दूध बजारको अनुगमन गरेपछि कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले यो क्षेत्र सुधार गर्ने प्रतिबद्धता जनाएका थिए । मन्त्रीको निर्देशन अनुसार नयाँ निर्देशिका तयार गरेको महानिर्देशक कर्णले बताए । ‘दूध उद्योगलाई व्यवस्थित गर्ने योजना हो,’ कर्णले भने, ‘गुणस्तरीय दूध उपभोग गर्न पाउने उपभोक्ताको अधिकार पनि निर्देशिकाले सुरक्षित गरेको छ ।’  विभागले दूधलाई मात्र लक्ष्य गरेर पहिलोपटक निर्देशिका जारी गर्न लागेको हो।

No comments:

Post a Comment

You can add your voices here....