Saturday, July 28, 2018

फोहोरबाट ग्यास-सिलिन्डरको ९०० रुपैयाँ

परासी — फोहोरबाट बायोग्यास । दिनको १ सय ५० सिलिन्डर उत्पादन । गोटाको ९ सय रुपैयाँ मूल्य । हाम्रै नवलपरासीमा । हो, पश्चिम नवलपरासीको सुक्रौलीमा ‘फोहोरबाट मोहर’ फल्न थालेको छ । इन्भिपावर इनर्जी एन्ड फर्टिलाइजर प्रालिले खाना पकाउने ग्यास निकालेर बेच्न सुरु गरिसकेको छ ।


उद्योगका कार्यकारी सञ्चालक अभिरथ अग्रवालका अनुसार पहिलो चरणमा औद्योगिक उपभोक्तालाई उपलब्ध गराइएको छ । ‘रामग्राम नगरपालिकाका बजार क्षेत्रमा तत्काल पाइपलाइनबाट भान्छा–भान्छामा ग्यास पुर्‍याउने लक्ष्य छ,’ उनले भने, ‘यो सस्तो मात्र होइन, वातावरणमैत्रीसमेत छ ।’

कुहिने वस्तु यसको कच्चा पदार्थ हो । फोहोर, कुखुराको सुली, गोबर, चिनी मिलको छोक्रा आदि प्रयोग गरिन्छ । अग्रवालका अनुसार कच्चा पदार्थ जैविक मल बनाउन उद्योगले १५ बिघा जग्गा भाडामा लिएर मकै खेती गरेको छ । त्यो पनि वर्षमा चार पटकसम्म फल्ने जातको । त्यसैलाई कुहाएर कच्चा पदार्थ बनाउने उद्योगको योजना छ ।

[READ MORE...]

No comments:

Post a Comment

You can add your voices here....