Friday, August 10, 2018

घर–घरका धाराले फेरियो जीवनशैली



विजुली (प्युठान) : ऐरावती गाउँपालिका–६ आँपखोलाकी मीना घर्तीमगरले वर्षौंदेखि खानेपानी समस्या झेल्दै आएकी थिइन्। गाउँ नजिकै खानेपानीको मुहान भए पनि घण्टौं बोकेर पानी ल्याउनुपर्ने उनमा बाध्यता थियो। स्कुले बालबालिकासमेत घरमा पानी पुर्याएर मात्र विद्यालय जाने गर्थे। तर हिजोआज उनको दैनिकी फेरिएको छ। घरमै पानीको धारा खसेपछि उनको शरीरले आराम पाएको मात्रै पाएको छैन समयको सदुपयोगसमेत भएको छ। पानी बोकेरै समय बिताएका गृहणीहरूको धारा बनेपछि जीवनशैलीमै परिवर्तन आएको छ।

No comments:

Post a Comment

You can add your voices here....