Friday, August 10, 2018

यसकारण राख्नु हुँदैन फ्रिजमा अण्डा


काठमाडौं : भान्सामा प्रयोग हुने महत्वपूर्ण सामग्री हो, फ्रिज। यसले खानेकुरालाई लामो समयसम्म ताजा राख्नमा सहयोग गर्छ। सजिलो र चाहेको बेला खाना खान सजिलो हुने भएकाले एकपटक पकाएको खाना पछिसम्मका लागि पनि फ्रिजमा राख्ने गरिन्छ। फ्रिजले खानालाई  फ्रेस राख्ने भएकाले यसको प्रयोग गरिँदै आएको हो। तर सबै खाने कुरा फ्रिजमा राख्दा फ्रेस हुन्छ भन्ने छैन।

यस्तै खानेकुरामा पर्छ अण्डा। पकाउन सजिलो र प्रोटिनको मात्रा प्रशस्त हुने भएकाले अण्डा सबैको रोजाइमा पर्छ। स्वास्थ्यलाई फाइदाजनक मानिने अण्डा फ्रिजमा राख्दा यसलै उल्टै वेफाइदा गर्छ। अण्डालाई फ्रिजमाभन्दा कोठाको तापक्रममा राख्दा राम्रो हुन्छ। कतिपयले थाहा नपाएरै अण्डालाई फ्रेस राख्नका लागि फ्रिजमा राख्ने गर्छन्। तर यसो गर्नु राम्रो होइन। फ्रिजमा राखिएका अण्डाले फाइदाभन्दा वेफाइदा बढी गर्छ। फ्रिजमा अण्डा राख्दा यसको रङ र स्वादमा समेत फरकपन आउँछ। फ्रिजको सामान्य तापमानमा राखिएको अण्डामा कन्डेन्सेसन 'condensation' ग्यासबाट लिक्वीड बन्ने प्रकिया हुन्छ। जसले गर्दा कन्डेन्सेसनबाट अण्डाको बोक्रामा रहेको ब्याक्टेरिया चलायमान हुन्छन्। यसरी उत्पन्न भएका ब्याक्टेरिया अण्डाको भित्री भागसम्म पस्न सक्ने सम्भावना पनि त्यत्तिकै हुन्छ । जुन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन ।  यस्तो अण्डा खाँदा पेट दुख्ने, पखाला लाग्ने मात्र नभइ यसले ठूलै रोगको मुखमै पुर्याउन सक्छ।

No comments:

Post a Comment

You can add your voices here....